माओवादी लडाकुको बिदाई प्रक्रिया आज पनि जारी

२ बैशाख २०६९, शनिबार ०८:५४ मा प्रकाशित

काठमाडौ, २ बैशाख । हिजोबाट सुरु भएको विभिन्न शिविरमा रहेका माओवादी लडाकुको पुनर्वर्गीकरण प्रक्रिया आज पनि जारी छ । सेना समायोजन विशेष समिति अन्तर्गतको कार्यदलले मुख्य मुख्य विषयहरूमा सहमति जुटाइसकेकोले आफूहरूलाई पुनर्वर्गीकरणको प्रक्रिया सुरु  गर्न निर्देशन आएको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । माओवादी नेतृत्वबाटै काम सुरु गर्न निर्देशन आएकोले प्रक्रिया अघि बढाइएको शर्माले बताउनुभयो । समायोजनमा धेरै विषयमा अस्पटता रहेको भन्दै लडाकुहरू पुनर्वर्गीकरण प्रक्रियामा जान मानिरहेका थिएनन् ।
सचिवालयका अनुसार हिजो चितवनमा ३ सय २५, नवलपरासीमा १ सय ९, रोल्पामा ९४ र सुर्खेतमा १ सय ५१ गरी जम्मा ६ सय ७९ जनाले अवकाश रोजेका छन् । उनीहरूलाई बिदाई वापत पाउने आधा रकम बराबरको चेक दिएर बिदाई गरिएको छ । बीचमा कुनै समस्या नआएमा चार दिनभित्र पुनर्वर्गीकरणको काम सकिने सचिवालयले जनाएको छ । दलहरूबीच भएको सहमतिअनुसार ६ हजार पाँच सय लडाकुलाई मात्र समायोजन गर्न सकिने भएकोले बाँकी लडाकुलाई अन्तिमपटक स्वेच्छिक अवकाश रोज्ने मौका दिन विशेष समितिले पुनर्वर्गीकरण गर्ने निर्णय गरेको हो । यसअघि ९ हजार ७ सय ११ लडाकुले पुनस्र्थापना र समायोजन रोजेका थिए । यसमध्ये आधाभन्दा बढीले स्वेच्छिक अवकाश रोज्ने सम्भावना रहेको सचिवालयले अनुमान गरेको छ । बाँकी शिविरहरूमा स्वेच्छिक अवकाश लिनेलाई बिदाईको काम आज पनि जारी रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।