आज विशेष समितिको बैठक बस्ने, कार्यदलले जुटाएको सहमतिबारे छलफल हुने

२ बैशाख २०६९, शनिबार ०८:५३ मा प्रकाशित

काठमाडौ, २ बैशाख । माओवादी लडाकु रेखदेख, पुनस्र्थापना तथा समायोजन विशेष समितिको बैठक आज बस्दै छ । नयाँ बानेश्वरमा रहेको सचिवालयमा बस्ने बैठकमा समायोजनका विवादित विषयहरूमा सहमति जुटाउन गठन गरिएको कार्यदलले जुटाएको सहमति अनुमोदन गर्नेबारे छलफल हुने भएको छ । कार्यदलको हिजो र अस्ति बसेको बैठकले महानिर्देशनालय गठन, लडाकु छनौट समिति, तालिम र शैक्षिक योग्यता र दर्जा निर्धारणलगायतका विवादित विषयमा सहमति जुटाइसकेको छ । बुधबार बसेको सेना समायोजन विशेष समितिको बैठकले समितिका सदस्यहरू वर्षमान पुन, डा. मिनेन्द्र रिजाल, भीम रावल र जितेन्द्र देव रहनुभएको कार्यदल गठन गरेको थियो ।
यसैबीच विशेष समिति बैठक बस्नुअघि कार्यदलले जुटाएको सहमतिबारे अन्तिम धारणा बनाउन आजै शीर्ष दलका नेताहरूबीच पनि छलफल हुने भएको छ । शीर्ष तहका नेताहरूको बैठकमा विवादित सबै विषयमा टुङगो लगाउन प्रयास गरिने नेताहरूले बताएका छन् । आज बस्ने शीर्ष नेताहरूको बैठकमा कार्यदलका सदस्यहरूले प्रगति विवरण बुझाउने छ । त्यसपछि मुख्य नेताहरूको समेत उपस्थितिमा विशेष समितिको बैठक बस्ने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई