प्रधानसेनापति गौरवशमशेर निर्वाचनको सुरक्षा छोडेर छोरीज्वाइँ, ससुराली र मावली भेट्न भारत जादै

४ आश्विन २०७०, शुक्रबार ०७:३१ मा प्रकाशित

काठमाडौ, ४ असोज । संबिधान सभा निर्वाचनमा सेना परिचालन र सुरक्षा कमाण्डको जिम्मेबारी बोकेका प्रधानसेनापति गौरवशमशेर जबरा भारत भ्रमणको अन्तिम तयारीमा जुटेका छन् । यद्यपि प्रधानसेनापति गौरवशमशेर जबराको भारत भ्रमणलाई मन्त्रिपरिषदले अनुमोदन गर्न बाकीनै रहेको छ । सैनिक मुख्यालयले दिएको जानकारी अनुसार प्रधानसेनापति गौरवशमशेर जबराको भारत भ्रमणको कार्यक्रम स्वीकृतिका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । प्रधानसेनापति राणा भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहको निमन्त्रणामा असोज १३ गते साताव्यापी भ्रमणका लागि मित्र राष्ट्र भारत जान लागेका हुन् । उच्च स्तरिय राजनीतिक समितिको सिफारिशमा सरकारले आशन्न संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेलगत्तै हुन लागेको जबराको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैद्य माओवादीले निर्वाचन बिथोल्ने निर्णय गरेपछि सरकार सेना परिचालनको निष्कर्षमा पुगेको थियो । यता उम्मेदवारी दर्ता गर्ने दिन असोज १७ गते चुनावी सुरक्षाको जिम्मेवारी बोकेको सेनाका प्रधानसेनापति नै मुलुकबाहिर रहने छन् । यस अघि प्रधानसेनापति जबराले दुई पटक भारत भ्रमण गरि सकेका छन् । प्रधानसेनापति जबराको पारिवारिक नाताले छोरीज्वाइँ कलिकेश नारायणसिंह देव भारतको उडिसाबाट निर्वाचित लोकसभा सदस्य छन् भने उनको ससुराली र मावली पनि भारतमै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल