अमेरिकाको बोस्टन शहरमा नेपालको लागि पदयात्रा

३ आश्विन २०७०, बिहीबार ०३:३८ मा प्रकाशित

बोष्टन, अमेरिका, ३ असोज । आउदो आइतबार सेप्टेम्बर २२ तारिखका दिन अमेरिकाको बोस्टन शहरमा नेपालको लागि पदयात्रा ‘वाक फर नेपाल’ आयोज हुने भएको छ । बोस्टन शहरको समुद्री तटमा आयोज हुने नेपालको लागि पदयात्रा ‘वाक फर नेपाल’मा टिकट बिक्री, अनलाइन दर्ता र सुभेच्छुकहरुको आँकलन अनुसार झन्डै हजारको हाराहारीमा सहभागी हुने आयोजकको अनुमान रहेको छ । आयोजकहरुका अनुसार ‘वाक फर नेपाल’मा सहभागिता जनाउन तिरिएको शुल्क, अनलाइन दर्ता र वाकर स्पोन्सरबाट करिब ११ हजार डलर संकलन भै सकेको छ । आयोजकहरुले दिएको जानकारी अनुसार बिहान ८: ३० बजे शुरु भएर १: ३० बजे समापन हुने पदयात्रा दर्ता शुल्क, स्पोन्सर र कार्यक्रम स्पोन्सरबाट करिब ५० हजार डलर बराबरको रकम उठाउने लक्ष्य राखिएको छ । संकलित रकम नेपालमा सामाजिक क्षेत्रमा काम गरिरहेका १७ वटा विभिन्न गैरसरकारी संस्थाहरुलाई प्रदान गरिने छ ।  नेपालको लागि पदयात्रा ‘वाक फर नेपाल’लाई रोचक बनाउन नेपाली संस्कृति झल्कने पन्चेबाजा, लाखे नाच, राष्ट्रिय गीत तथा अन्य सांगितिक कार्यक्रमहरु समावेश गरिने छ । केहि बर्ष अघि अमेरिकाको बोस्टनबाट शुरु भएको वाक फर नेपाल कार्यक्रम संसारको पाँच भिन्न देश र शहरमा सम्पन्न भैसकेको छ । हालसम्म वाक फर नेपाल १५०० भन्दा बढी पदयात्रीको सहभागिता रहेको थियो भने १ लाख अमेरिकी डलर भन्दा बढी आर्थिक संकलन भइसकेको छ । नेपालको लागि पदयात्रा ‘वाक फर नेपाल’ मा संलग्न संस्थाहरुको विवरण:

आमा घर:
दिलशोभा श्रेष्ठले आफ्नै घरमा सन् १९९८ देखि स्थापना गरेको यो संस्थाले वृद्धाहरुको लागि उचित आश्रय दिने काम गर्दै आइरहेको छ।

दी आमा फाउण्डेसन:
यस संस्थाले गरिब तथा विपन्न केटाकेटीहरुलाई आश्रयस्थल, शिक्षादिक्षा र उचित वातावरण दिई उनीहरुको वृद्धि र विकासलाई सहयोग गर्दे आइरहेको छ।

बालसारथी एकेडेमी:
घरबार र अभिभावकविहीन बालबालिकाहरुको शिक्षादीक्षाको लागि यस संस्थाले काम गर्दै आइरहेको छ।

बोष्टन स्ट्रङ:
बोष्टनका वर्तमान मेयरद्वारा शुरु गरिएको यो अभियानले अप्रिल १५, २०१३ को बोष्टन बम काण्डका पीडितहरुको लागि सहयोग जुटाउँदै आएको छ।

इम्पावर दलित उमेन अफ नेपाल:
नेपालका ग्रामीण भेगका दलित महिलाहरुको ससक्तिकरण र उनीहरुको हक हित र अधिकारको लागि यस संस्थाले काम गरिरहेको छ।

फाउण्डेसन फर इडुकेसनल चेन्ज नेपाल:
नेपालको शिक्षा क्षेत्रको विकासको लागि काम गरिरहेको यस संस्थाले त्यस सम्बन्धि तालिम र अनुसन्धानहरु गर्दै आइरहेको छ।

फ्रेण्डस् अफ माइती नेपाल:
माइती नेपालको भागीनी यस संस्थाले चेलीवेटी वेचविखन रोक्न तथा वेचिएका चेलीहरुको उद्धार र पुर्नस्थापन गर्दै आइरहेको माइती नेपाललाई अमेरिकाबाट स्रोतहरु जुटाउदै आइरहेको छ।

ग्लोवल इन्क्लुसिभ एडभेन्चर अर्गनाइजेसन:
नेपालका सातजना महिला सगरमाथा आरोहीहरुको यस संस्थाले सातवटा महादेशका सबैभन्दा अग्ला हिमालहरु आरोहण गर्ने लक्ष्य लिएको छ।

हेल्प नेपाल नेटवर्क:
संसारभर स्वंयसेवी भएको नेपालीहरुको ठुलो सामाजिक संस्थाले नेपालको ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य र सामुदायीक विकासमा काम गर्दै आइरहेको छ।

हेरालो प्रतिष्ठान नेपाल:
पोखरामा अवस्थित यस संस्थाले पोखराको पर्यटन, शिक्षा, वातावरण र स्वास्थ क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको छ।

हिमालयन लायन्स क्लब न्युइग्ंल्याण्ड:
लायन्स इन्टरनेसनलको एक इकाइ हिमालयन लायन्स् क्लबले नेपाल र बोष्टन वरपर विभिन्न सामाजिक कामहरु गर्दैआइरहेको छ।

माइसंसार फाउण्डेसन:
यस ब्लगको सामाजिक संस्था माइसंसार फाउण्डेसनले नेपालका सामुदायिक विद्यालयहरुमा पुस्तकालय निर्माण लगायतका काम गर्दै आइरहेको छ।

नेपालको युवा
विश्वभरि छरिएर रहेका नेपाली युवाहरुलाई नेपालमा सकारात्मक परिवर्तनको लागि परिचालन गर्ने काम नेपालको युवाले गर्दै आइरहेको छ। नेपालको युवा वाकफर नेपालको आयोजक पनि हो।

नेपाली उमेन्स् ग्लोबल नेटवर्क:
विश्वभर छरिएर रहेका नेपाली महिलाहरुको संजाल यस संस्थाले नेपाली महिलाहरु बिच सहकार्य, समन्वय र सहयोगको लागि काम गरिरहेको छ।

न्याय हेल्थ:
स्वाथ्यसँग सम्वन्धित व्यक्तिहरुद्वारा संचालित यस संस्थाले नेपालको दुर्गम गाँउहरुमा समुदायमा आधारित निशुल्क स्वाथ्यसेवा दिंदै आइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।