यस कारण बार्ता विफल भयो, त्यस कारण बार्ताको ढोका खुला रहोस

१ आश्विन २०७०, मंगलवार २३:१७ मा प्रकाशित

काठमाडौं, २ असोज । राष्ट्रपति रामबरण यादवले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई संविधानसभाको निर्वाचनमा सहभागी गराउन गरेको कोशिस अन्तत विफल भएको छ । आजका मितिमा दुनियालाई जगजाहेर छ वार्ता विफल हुनुको मूख्य कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहोरो भूमिका र अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको हठले वार्ता विफल भएको हो । रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन र निर्वाचन मिति सार्न सके आफ्नो रणनीतिक र राजनीतिक विजय हुने ठानेको माओवादीले बिजय भावको मुद्रामा निर्वाचनमा जाने अन्तरिक तयारीमा जुटेको वैद्य माओवादीको कुनै पनि माग पुरा नहुने अवस्थामा वार्ता विफल भएको हो । अन्तिम सम्म आफ्ना केही माग सम्बोधन भए रेग्मी सरकारकै नेतृत्वमा मंसिर ४ को संविधानसभाको चुनावमा भाग लिन तयार वैद्य माओवादीको मुख्य माग ‘गोलमेच सम्मेलन’ लाई सुरुमै प्रचण्डले अस्वीकार गरेपछि वार्ता विफल हुने अवस्थामा पुगेको थियो । जब शुक्रबार र आइतबार पुन: वार्ता सुरु भयो एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहोरो भूमिका र अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको हठले राष्ट्रपति रामबरण यादवले निरन्तरता दिएको वार्ता असफल हुने संकेत गरि सकेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा–माओवादी निर्वाचनमा सहभागी हुने अवस्थामा पार्टी एकिकरण सम्भव नभए निर्वाचनमा तालमेलको भित्रि कोसिश जारि राखेका थिए तर उनले बुझेका थिए अर्थात् जुन आरोप लगाएर वैद्यहरु फुटेका थिए त्यहि दलसंग सहकार्य असम्भव थियो र यहि अबस्थामा निर्वाचन हुदा आफ्नो पार्टी दोस्रो वा तेस्रो स्थानमा पुग्ने निष्कर्षमा पुगेका प्रचण्डले नियोजित रुपमा वैद्यलाई बहिष्कारमा धकेल्न सक्नुनै आफ्नो पार्टीको हितमा देखे । पोखरा बैठकबाट निर्वाचन बहिष्कारको निर्णय गरेर काठमाडौं फर्किएका वैद्यलाई निर्वाचनमा सहभागी गराउन राष्ट्रपति रामबरण यादव, काँग्रेस नेता सुशील कोइराला र एमाले नेता माधव कुमार नेपालले अथक प्रयास गरि रहेका थिए । काँग्रेस शीर्ष नेताहरूले वैद्यसंग पटक–पटक अनौपचारिक वार्ता गरेर वातावरणलाई सहज बनाउने प्रयास गरिरहेका थिए । अनौपचारिक वार्तामा वैद्य रेग्मी सरकारको नेतृत्वमा चुनावमा भाग लिन तयार देखिए पछि छट पट्टिएका प्रचन्डले खिलराज रेग्मीलाई भेटेर कुनै हालतमा राजिनामा दिन नहुने गोप्य मन्त्रणा गरिरहेका थिए भने यता नारायणकाजी मार्फत राजिनामा मागेर शिर्ष नेताहरुलाई गुमराहमा राख्न सफल भएका थिए । निष्कर्षमा नेकपा–माओवादी निर्वाचनमा सहभागी हुने अवस्थामा, पार्टी एकिकरण सम्भव नभए निर्वाचनमा तालमेलको लागि नेत्र बिक्रम चन्द मार्फत गरिएको भित्रि कोसिश असफल भए लगत्तै कुनै हालतमा बैद्य माओबादीलाई बहिस्कार तर्फ लखेट्नु उनको भित्रि अभिष्ट थियो । अन्त्यमा २ बुँदे माग प्रस्तुत गरेको बैद्य माओबादीले हदैसम्मको लचतकता देखाएर निर्वाचनको तिथि सार्ने र रेग्मीको प्रधानन्यायाधीश पदको राजिनामा मार्फत फेश सेभिंग गर्दै निर्वाचनमा होमिने आन्तरिक रणनीति तय गरेको थियो । तर नेत्र बिक्रम चन्द मार्फत गरिएको भित्रि कोसिश असफल भए लगत्तै बार्ता कुनै हालतम भाड्ने योजनामा थिए प्रचन्ड र उनको त्यो भित्रि योजनालाई खिलराज रेग्मीले साथ दिए । आइतबार र सोमबार अन्तिम सम्म आफ्ना मागलाई गम्भीरतापूर्वक लिन र निर्वाचनपछि संविधान बन्ने ग्यारेन्टी गर्न मोहन वैद्य आफै नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमै धाउनुको अर्थ वैद्य माओबादी बिजय भावमा निर्वाचनमा सहभागी हुन चाहन्थ्यो । अर्थात् प्रचण्डले वैद्य माओवादी निर्वाचनमा सहभागी हुने अवस्थामा सके पार्टी एकिकरण सम्भव नभए निर्वाचनमा तालमेलको प्रस्ताव वैद्य माओवादीले नमान्नु नै हो बार्ताको विफलताको मूख्य कारण । यद्यपि वैद्यमाओवादी निर्वाचनमा सहभागी हुनका लागि आफ्ना केहि माग पूरा गरिने अवस्थामा वार्ताको अझै सम्भावना खोजि रहेको छ । अन्तरिम संबिधानलाई पटक पटक संसोधन गरेका दलहरुले अर्को एकपटक संसोधन गरेर चुनावी प्रयोजनका मन्त्रि परिषदकाअध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्याधिशबाट राजिनामा दिलाउदा वैद्य माओवादी निर्वाचनमा सहभागी हुन्छ भने यसमा दलहरुको यत्रो आपत्ति किन । प्रचण्डको निजी स्वार्थमा १० वर्ष सशस्त्र संघर्ष गरी शान्ति प्रक्रियामा आएको एउटा शक्तिलाई पुन बिद्रोहमा धकेल्नु भन्दा खिलराज रेग्मीले प्रधानन्याधिशबाट राजिनामा दिदाँ न आकाश खस्छ, न दुनियामा हुने नहुने हुन्छ । वैद्य माओवादी सहभागी नभएको निर्वाचन र त्यसबाट बन्ने संविधानको धरातल कमजोर रहिरहने र मुलुकमा सदैब जीवित रहने विद्रोहको आवाजले अनिश्चितकालसम्म नेपाल राष्ट्रलाई अस्थिरतामा धकेली रहने हुदाँ पुन बार्ता गर्न कसले छेक्छ कसले रोक्छ । त्यसैले आफ्ना न्युनतम माग खिलराज रेग्मीको प्रधानन्याधिशबाट राजिनामा र निर्वाचनको तिथि सारिएको अवस्थामा बिजयी भावले निर्बाचनमा जान तयार वैद्यमाओवादीलाई यो अबसर दिन दलहरु चुक्यो भने यो दलहरुको अर्को ठुलो भुल हुनेछ जसले नेपाल राष्ट्रलाई सदैव अस्थिरता र अशान्ति तर्फ धकेली रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको