रेग्मीको राजिनामा माग्दै उच्चस्तरीय राजनीतिक समितिका अध्यक्ष खनाल

१ आश्विन २०७०, मंगलवार ०९:०१ मा प्रकाशित

काठमाडौं, १ अशोज । उच्चस्तरीय राजनीतिक समितिका सदश्यहरु अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेटघाटमा व्यस्त रहेको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निवाश बालुवाटारमा भैरहेको भेटमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चासँग भएको वार्ता प्रगतिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । उच्चस्तरीय राजनीतिक समितिका नेताहरुले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई माओवादीले राखेको अडानका विषयमा जानकारी गराएका छन् । स्रोतका अनुसार उच्चस्तरीय राजनीतिक समितिका अध्यक्ष झलनाथ खनाललेले रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गर्न आग्रह गरेका छन् । तर रेग्मीले यसअघि नै राजीनामा नदिने बरु सरकार छाड्ने घोषणा गरिसकेका छन् । यसै बीच आलो पालो अन्तर्गत एमाले अध्यक्ष झलनाथ खनाल दोस्रोपटक उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनेका छन् । खनाल अशोज महिनाभर समितिको अध्यक्ष रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई