फेसबुकले ल्यायो अटोप्ले भिडियो

१ आश्विन २०७०, मंगलवार ०६:५६ मा प्रकाशित

एजेन्सी । फेसबुक सामाजिक सञ्जालमा पहिलो स्थानमा छ । उसले यो स्थान सँधैका लागि कायम गर्न केही न केही नयाँपन दिने प्रयास गरिरहन्छ । अहिले फेसबुकले टेलिभिजनको जस्तै अटोप्ले भिडियोको नयाँ फिचर्स ल्याउने तयारी गरेको छ । फेसबुकले मोबाइल फोनमा अटोप्ले भिडियो फिचर्सको प्रयोग शुरु गरिसकेको छ। यस्तो भिडियो प्रयोगकर्ताको मोबाइल स्त्रिनमा बिनाआवाज अटोप्ले देखिनेछ । ‘जब यूजर्सले भिडियोमा क्लिक गर्छ तब भिडियो आवाज सहित प्ले हुन्छ’ फेसबुकले ब्लग पोष्ट गर्दै भनेको छ । यो फिचर्सले एन्ड्रोइड र आईओएसको फेसबुक एप्समा काम गर्नेछ । फेसबुकले अटोप्ले भिडियो फिचर्स ल्याउनुलाई प्रविधि विश्लेषकहरुले महत्वपूर्ण मानेका छन्। उसले प्रयोगकर्ताको सुविधान मात्र नभइ आफ्नो व्यापारमा महत्वपूर्ण फड्को मार्न नयाँ प्रविधितर्फ लागेको बताइएको छ । उसले भिडियो विज्ञापन सुरु गर्ने तयारीका लागि यो फिचर्स ल्याएको हुनसक्ने टेक ब्लगरहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले