सहमतिको संभावना टर्यो, वैद्य माओवादीको शर्तहरु बढ्दै गए, माओवादी बिनै निर्वाचन

३१ भाद्र २०७०, सोमबार २२:५७ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले प्रधानन्यायाधिश पदबाट राजीनामा दिए निर्वाचनमा आउने बताएको वैद्य माओवादीले एक पछि अर्को शर्तहरु थप्दै लगे पछि दलहरु माओवादी बिनै निर्वाचनमा जाने तयारीमा जुटेका छन् । नयाँ बानेश्वरस्थित संयन्त्र सचिवालयमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक संयन्त्र बीच भएको वार्तामा एमाले अध्यक्ष झलनाथ खनालले रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए मंसिरको चुनावमा आउनुहुन्छ भनी माओवादीलाई प्रश्न गर्दा उसले निर्धारित तिथिको निर्वाचनमा जान नसक्ने जानकारी गराए पछि दलहरु माओवादी बिनै निर्वाचनमा जाने तयारीमा जुटेका हुन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको अनौपचारिक छलफलमा पनि माओवादी नेताले रेग्मीको राजीनामापछि सर्वदलीय सरकार र चैतमा निर्वाचन सारेमात्र चुनावमा आउनसक्ने जानकारी गराएका थिए । यता नयाँ बानेश्वरस्थित संयन्त्र सचिवालयमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक संयन्त्र बीच भएको वार्ता पछि संचारकर्मीसंग कुरा गर्दै माओवादी सचिव देव गुरुङले निर्धारित तिथिको निर्वाचनमा सहभागी हुन सकिने बताएका थिए । राष्ट्रपतिलाई नेताहरुले रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराए पनि वैद्य मंसिरको चुनावमा नआउने जानकारी गराएका छन् । उता मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सोमबार बिहान दलका नेताहरुसँग भएको कुराकानीमा आफू प्रधानन्यायाधीशका हैसियतमा चुनावी सरकारको प्रमुख भएकाले राजीनामा दिन अप्ठ्यारो हुने, बरु मन्त्रिपरिषद् अध्यक्षबाटै राजीनामा दिने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्