साफ च्याम्पियनशिपका खेलाडीलाई नगद २ लाख ५० हजार

३१ भाद्र २०७०, सोमबार १६:३४ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आठौं साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई प्रति व्यक्ति २ लाख ५० हजार नगद पुरस्कार प्रदान गरेको छ । दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा एन्फाले खेलाडीलाई पुरस्कृत गरेको हो । भर्खरै काठमाडौंमा सम्पन्न साफमा नेपाली टोली सेमीफाईनलमा अफगानीस्तानसँग पराजित भएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै एन्फा अध्यक्ष गणेश थापाले उत्कृष्ट खेलको बाबजुत नेपालले व्यहोरेको हार अपत्यारिलो बताएका थिए । नेपाली टोलीका व्यबस्थापक ललितकृष्ण श्रेष्ठले उत्कृष्ट प्रदर्शन कायम राख्न सके आगामी साफ जित्ने आशा व्यक्त गरेका थिए । साफ सुरु हुनु अघि एन्फाले साफ च्याम्पियनशिप ट्रफी जितेमा प्रत्येक खेलाडीलाई अपार्टमेन्ट र आजिवन १० हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल