उच्चस्तरीय राजनीतिक समितिद्वारा चुनाव सार्ने प्रस्ताव अस्वीकार

३० भाद्र २०७०, आईतवार ०९:२७ मा प्रकाशित

काठमाडौं, ३० भदौ । उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा निर्बाचनको निर्धारित मिति चैतमा सार्ने नेकपा–माओवादीको प्रस्तावलाई अस्वीकार गरेको छ । शनिबार नयाँबानेश्वरस्थित समितिको कार्यालयमा बसेको बैठकले शुक्रबार माओवादीले राखेको प्रस्ताव अस्वीकार हो । राष्ट्रपति रामवरण यादवको आह्वानमा शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव सार्नेलगायत चारबुँदे प्रस्ताव गरेको थियो । शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले राखेको प्रस्तावमा अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने, चुनाव चैतमा सार्नुपर्ने, गोलमेच सभा गर्नुपर्ने, संविधानका अन्तर्वस्तुमा छलफल हुनुपर्ने रहेका छन् । चुनावमा सहभागी हुन तयार भए पनि तयारीका लागि समय नपुग्ने भन्दै माओवादीले चैतमा सार्न प्रस्ताव गरेको थियो । चार दलले मंसिरको निर्धारित चुनावको तिथि मिति सार्न नसकिने बताएको थियो । चार दलले यसअघि नै दल दर्ता, फोटोसहितको नामावली संकलनका लागि समय दिन लचिलो बन्ने आश्वासन दिएका थिए । तर चुनाव पर नसारे पनि चुनावका लागि व्यावहारिक पक्ष मतदाता नामावली संकलन, दल दर्ताको समय दिन निर्वाचन आयोगसँग छलफल गरिने निर्णय बैठकले गरेको छ । शनिबार बिहान कांग्रेसका प्रभावशाली नेताहरूको छलफलमा मंसिरभित्र वैद्य माओवादी चुनावमा आउने भए प्रधान न्यायाधीशबाट राजीनामा गराउन सकिने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,