शितल निवाशमा सर्वदलीय बैठक बस्दै

३० भाद्र २०७०, आईतवार ०९:०७ मा प्रकाशित

काठमाडौं, ३० भदौ । नेकपा – माओबादीलाई संबिधान सभा निर्वाचनमा सहभागी गराउने उद्देश्यले राष्ट्रपति डा. रामबरण यादवले बोलाउनु भएको सर्वदलीय बैठक आज आइतबार दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा बस्दैछ । आजको बैठकमा शुक्रबार नेकपा माओवादीली राखेको प्रस्तावमा केन्द्रित भएर छलफल हुने भएको हो । शुक्रबारको बैठकमा माओवादीले चुनाव सार्ने सहित ४ बुँदे प्रस्ताव राखेपछि हिजो दलहरुले त्यसमा आफ्ना धारणा तय गरेका छन् । उच्चस्तरीय राजनीतिक समितिले चुनाव सार्ने र सरकार परिवर्तन गर्ने मागमा सहमति जनाउन नसकिने निर्णय गरेको छ । आजको बैठकमा दुवैपक्षका अडानलाई मध्यमार्गीबाटबाट सहमति खोजीने नेताहरुले बताएका छन् । दलहरुले आन्तरिक छलफल गर्न समय माग गरेपछि आजसम्मका लागि बैठक स्थगन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको