शान्ति प्रक्रिया उल्टिन नसक्ने अवस्थामा पुग्यो अब संविधान निर्माणमा जुट्नु पर्छ: खनाल

२ बैशाख २०६९, शनिबार ०२:४२ मा प्रकाशित

काठमाडौ, २ बैशाख । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया निष्कर्षमा पुगेको हुदाँ अब दलहरु संविधान निर्माणमा जुट्नु पर्ने बताएका छन्। नयाँ वर्षको उपलक्ष्यमा पार्टी कार्यालय वल्खुमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष खनालले दलहरुवीचको अविश्वास हटेकाले संविधान निर्माणका लागि जुट्नु पर्ने बताएका हुन्।
खनालले ‘शान्ति प्रक्रिया उल्टिन नसक्ने अवस्थामा पुगेको छ। यसले संविधान निर्माणको आधार पनि बनेको छ’। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माओवादी लडाकुको ब्यवस्थापन र समायोजन चुनौतीपुर्ण एजेण्डाको रुपमा रहेको सन्दर्भ उल्लेख गर्दै उनले दलहरुवीचको पछिल्लो सहमतिले आशाको संचार गरेको बताए। प्रमुख राजनीतिक दलहरुले एक अर्कामा भएका अनेकौं मतभिन्नताका वावजुद पनि सहमति गरेको बताउदै सहमति हुन वाँकी विषय पनि छिट्टै टुंगोमा पुग्ने विश्वास ब्यक्त गरे। दलहरुको ध्यान विवादित विषय सुल्झाउनतर्फ जानुपर्ने र त्यसक्रममा आपसी लेनदेन गर्नुपर्ने खनालको भनाइ छ।
खनालको भनाइ अनुसार शासकीय स्वरुप, राज्यको पुर्नसंरचना, न्यायलयको संरचना, नागरिकतालगायतका विषयमा सहमति गर्न वाँकी रहेको छ । एमालेले अघि सारेको आलङकारिक राष्ट्रपति र जनतावाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मोडलले नेपाली जनताको नयाँ संबिधानको चाहना सम्बोधन हुने भएकाले आफुहरुले अघि सारेको मोडल नै उपयुक्त भएको खनालको दावी छ ।
खनालका अनुसार संविधान निर्माणका क्रममा राज्यको पुर्नसंरचना ज्यादै संवेदनशील विषय रहेपनि संविधानसभाको समितिले त्यसका लागि पहिचानका पाँच आधार र सामर्थ्यका चार आधार तय भैसकेको र संघीय इकाइको विषयमा थोरै कि धेरै संख्या भन्नेमा दलहरु विच मतभिन्नता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको