हो मैले मृत्युमाथि विजय प्राप्त गरेँ : अभिनेत्री मनिषा कोइराला

२८ भाद्र २०७०, शुक्रबार २२:२१ मा प्रकाशित

काठमाडौ, २९ भदौ । क्यान्सर रोगले थलिएकी बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले गर्व साथ् भनिन, ‘मैले मृत्युमाथि विजय प्राप्त गरेँ ।’ शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कोइरालाले भनिन, ‘हो मैले मृत्युमाथि विजय प्राप्त गरेँ । मेरो अनुभवमा क्यान्सर मृत्युको पर्यायवाची होइन । क्यान्सरविरुद्धको लडाइँ जित्न सकिँदो रहेछ। यसको उदाहरण नयाँ जीवन लिएर तपाइँहरुका अगाडि उभिएकी छु ।’ झन्डै दुई वर्ष पछि शुक्रबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रशन्न मुद्रामा देखापरेकी नायिका कोइराला आफूले क्यान्सर रोग बिरुद्द लडेका आफ्ना सङ्घर्षका कथा कथाहरु सहभागीहरुलाई सुनाई रहेकी थिइन् । दुई वर्षअघि पति सम्राट दहालसंग बिग्रिदै गएको सम्बन्धका कारण आफ्ना पिताको साथमा रहेकी अभिनेत्री कोइरालाले एक दिन अचानक आफूलाई असजिलो भएको ठानिन् । तत्कालै निजी अस्पतालमा स्वास्थ्य परीक्षण पनि गराएकी थिइन् उनले । लगत्तै भारतमा गरेको स्वास्थ्य परिक्षण पछि उनी परिवारको केहि सदश्य सहित अमेरिका पुगिन् । अमेरिकामा गरिएको परिक्षण पछि क्यान्सर भएको पत्ता लाग्यो । चिकित्सकले शल्यक्रिया गरेँ निको भएर घर फर्किए । मेरो सकारात्मक सोच र दृढ इच्छा शक्तिले मलाई क्यान्सरबाट बचायो । शुभचिन्तक र परिवारले निरन्तर हौसला थपिरहे । क्यान्सरसंग लडेर नयाँ जिबन प्राप्त गरेकी मनीषाको रहन सहन र जीवनशैली परिवर्तन भएको छ । मनीषा भन्छिन, ‘बिहान ४ बजे उठ्छु । योगा गर्छु । प्रणायाम गर्छु । ध्यान गर्छु । ठीक समयमा उठ्नु ठीक समयमा सुत्नु मेरो दैनिकी बनेको छ ।’ नेपाल क्यान्सर सोसाइटी, अमेरिकन क्यान्सर सोसाइटी र विनययात्रा फाउन्डेसनद्वारा क्यान्सर रोकथामसम्बन्धी नेपालमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि अभिनेत्री कोइरालाले आफूले क्यान्सर रोग बिरुद्द लडेका आफ्ना सङ्घर्षका कथाहरु सहभागीहरुलाई सुनाई रहेकी थिइन् । क्यान्सरका बारेमा अभिनेत्री कोइरालाले भनिन, ‘सुरुमा क्यान्सर भएको पत्ता लागेमा निको हुँदै रहेछ । समयमै उपचारतिर लाग्नुपर्छ । उपचारको जति महत्व छ त्यसका विरुद्धमा जुध्नसक्ने क्षमता विकास गर्नुपनि त्यत्तिकै महत्व हुन्छ।’ उनले भनिन, ‘अझै छ, सात महिना चिकित्सकले आराम गर्न सल्लाह दिएका छन् । तर अभिनय यात्रानै आफ्नो कर्मथलो भएकोले अभिनयमै फर्किन्छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका