आइफोन सी को मूल्य ५४९ डलर

२७ भाद्र २०७०, बिहीबार २१:३३ मा प्रकाशित

एजेन्सी, २७ भदौ । एप्पलले विश्वका मध्यम वर्गीय उपभोक्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ। आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ता उसको मूल्य सुनेपछि स्तब्ध भएका छन् । एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर तोकेको छ । सामसङसँग प्रतिस्पर्धा गर्न एप्पलले ल्याएका आइफोन फाइभ सी पाँच रंगमा उपलब्ध छन् । एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख फिल सिलरले क्यालिफर्नियाको हेडक्वाटरबाट सस्ता आइफोन सार्वजनिक गरेका छन्। एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी छ । सेप्टेम्बर १० लाई विशेष दिनको रुपमा मनाउँदै एप्पलले आइफोन फाइभ एस पनि लञ्च गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले