नेविसंघको महाधिवेशन स्थगित

२७ भाद्र २०७०, बिहीबार २१:१० मा प्रकाशित

काठमाण्डौ, २७ भदौ । नेपाली कांग्रेस संविधान सभा निर्वाचनको उम्मेदवारी छनौटमा ब्यस्त हुनुपरेको भन्दै नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित गरिएको छ । संघका अध्यक्ष रन्जीत कर्णले आज एक विज्ञप्ती जारि गर्दै पार्टी प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार छनौटको प्रक्रियामा लाग्नुपरेको कारणले पार्टीको सल्लाह बमोजीम महाधिवेशन स्थगित गरिएको जनाएका छन् । पटक पटक स्थगित हुदै आएको संघको महाधिवेशन भदौ २९, ३० र ३१ गते तोकिएको थियो । अध्यक्ष कर्णका अनुसार केही, जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुको अधिवेशन सम्पन्न भै नसकेकाले पनि महाधिवेशन स्थगित गर्नुपरेको हो । विज्ञप्तीमा अधिबेशन गर्न बाँकी रहेका जिल्ला, विश्वविद्यालय र क्याम्सहरुलाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको