शिविरमा सेना परिचालन गर्नु असंवैधानिक कदम: वैद्य पक्ष

२ बैशाख २०६९, शनिबार ००:२६ मा प्रकाशित

काठमाडौ, २ बैशाख । जारी शान्ति प्रक्रियासंग असहमत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधरहरुले लडाकु शिविरमा सेना परिचालन गर्नु असंवैधानिक कदम भएको जिकिर गरेका छन् । वैद्य र उनको बिद्रोहलाई साथ दिने पक्षको शुक्रबार बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मात्रै सेना परिचालन गर्न सक्ने भन्दै उक्त कदम असंवैधानिक भएको जिकिर गरेको हो ।

बिद्रोही वैद्य पक्षीय माओबादी नेता सीपी गजुरेलले भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिलेमात्र सेना परिचालन गर्न सक्ने संवैधानिक प्रावधान छ तर यहाँ त मन्त्रिपरिषद्ले निर्णय नै नगरी विशेष समितिको निर्णयले शिविरमा सेना पठाइएको छ ।

गजुरेलले भने विस्तृत शान्ति सम्झौता, सातबुँदे सहमतिविपरीत शिविरमा सेना परिचालन गरिएको छ, यस्तो कार्य सबै हिसाबले अनाधिकृत छ। शिविरमा सेना पठाएकै दिन बिद्रोही वैद्य पक्षले माओबादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला जलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत