रञ्जनालाई अमेरिका टोक्नु न बोक्नु

२६ भाद्र २०७०, बुधबार २१:१५ मा प्रकाशित

कलाकारिता प्रस्तुत गर्न अमेरिका पुग्ने अधिकांश नेपाली कलाकारको एउटै सपना हुन्छ ग्रिनकार्ड हात पार्ने । धेरैको यो सपना पूरा पनि भएको छ । कलाकारिता त वहाना मत्र हो उनीहरूको । आयोजकले पनि कार्यक्रमको वहानामा कलाकारसँग मोटो रकम लिएर अमेरिका पु-याउने गरेको सत्यता पनि अब लुक्न छाड्यो । नेपालबाटै जाँदा ग्रिनकार्ड हात पार्ने सपना संगालेका कलाकारमध्ये अधिकांशको सपना पूरा भएको छ । तर, अहिले एउटी नायिकालाई भने आफ्नो त्यो सपना पूरा नभएपछि अमेरिका टोक्नु न बोक्नु भएको छ । उनी हुन् रञ्जना शर्मा । नेपालमा राम्रा सिनेमा पाए तापनि काम राम्रो गर्न नसकेपछि बेरोजगार हुने अवस्थामा पुगेकी थिइन् उनी । त्यति नै बेला केही लाख खर्च गरेर अमेरिका जाने अवसर आएपछि त्यसमा सहमति जनाइन् उनले र अमेरिका पनि पुगिन् । उनी अमेरिका गएको लगभग तीन वर्ष भइसक्यो । उनीसँगै अमेरिका पुगेका केही कलाकार ग्रिनकार्ड हात पारेर नेपाल–अमेरिका अनि अमेरिका–नेपाल गर्न थालेका छन् । तर, रञ्जनाले हजारौँ डलर खर्च गर्दा पनि ग्रिनकार्ड हात पार्न सकिनन् । तीनपटकसम्म ग्रिनकार्डका लागि प्रयास गर्दा पनि कार्ड हात पार्न नसकेपछि अब उनी गैरकानुनी रूपमा अमेरिकामा बस्न बाध्य भएकी छिन् । अब नेपाल फक्र्यौं भने ‘ओभर स्टे’का कारण जिन्दगीभर अमेरिकामा जान पाइन्न, अमेरिका बसौँ भने बसुञ्जेलसम्म डराइडराई गैरकानुनी रूपमा कति बस्नु ? यस्तै पीडा र तनावमा छिन् रञ्जना ।
रञ्जनालाई ग्रिनकार्डका लागि सहयोग गर्ने नेपाली वकिल विनोद रोक्काले पनि बिनापारिश्रमिक सहयोग गरेका हुन् । उनले कानुनी लडाइँ लडेका अन्यको ग्रिनकार्ड सजिलै भएको छ । रञ्जनाको नहुनुमा उनी पनि चकित परेका छन् । नेपाली समाजबीच राम्रो कहलिएका र उपस्थिति जनाएका विनोद रोक्का आफूले पनि बुझ्न नसकेको कुरा बताउँछन् । यतिबेला अमेरिका टोक्नु न बोक्नु भएको छ रञ्जनालाई । जिन्दगीभर गैरकानुनी रूपमा उतै बस्ने कि अब नेपाल फर्कने के गर्ने ? दोधारमा रहेकी रञ्जना धनका कारण सुखी भए तपानि मनले भने खुसी देखिन्नन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो