रहेनन् सदाबहार गायक फत्तेमान राजभण्डारी

२५ भाद्र २०७०, मंगलवार ०७:३५ मा प्रकाशित

काठमाण्डौ, २५ भदौ । सदाबहार गायक फत्तेमान राजभण्डारीको सोमबार राति १२:५० बजे निधन भएको छ । ७७ बर्षीय राजभण्डारी फोक्सोमा भएको क्यान्सरले पिडित थिए । क्यान्सर रोगको अन्तिम अवस्थामा रोगसंग लडी रहेका राजभण्डारीलाइ चिकित्सकले किमोथेरापी दिन सुरू गरेका थिए । फत्तेमानको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका अनुसार किमोथेरापीको दस दिन पुरा भएको भए उनी अझै केहि समय बाँच्ने संभावना रहन्थ्यो । तर, चिकित्सकका अनुसार किमोथेरापी सुरूगर्ने बित्तिकै उनको शरिरले दबाब झेल्न सकेन र आइतबार बेलुकी उनलाइ अचेत अवस्थामा आइसीयुमा लागिएको थियो । १९९३ मङ्सिर १३ मा जन्मिएका सदाबहार गायक फत्तेमान राजभण्डारीले ४०० भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिए । सदाबहार गायक फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रहेछ’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ’, ‘बनै खायो डडेलोले मनै खायो’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू छन् । गायक फत्तेमान राजभण्डारीकोशव अहिले केहीबेरमा ओम अस्पतालबाट पशुपति क्षेत्रमा लगिने र अन्तिम श्रद्धाञ्लीका लागि बिहान १० बजेसम्म त्यहाँ राखिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका