राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेसले गर्ने : महामन्त्री प्रकाशमान सिंह

१ बैशाख २०६९, शुक्रबार २१:३३ मा प्रकाशित

बनेपा, वैशाख १(रासस) । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले अबको राष्ट्रिय सहमतीय सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताएका छन्।आज काभ्रेको बनेपास्थित नेपाली काँग्रेस बनेपा नगर समितिले नयाँ वर्ष शुभारम्भको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री सिंहले भने- ‘कांग्रेसकै पहलमा जनयुद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम भएको हो।’
उनले शान्ति प्रक्रिया र संविधानका केही काम गर्न बाँकी रहेको बताउँदै यसलाई निष्कर्षमा पुर्‍याउन काँग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने ठोकुवा गरे।

संविधानसभाको ठूलो दल एनेकपा माओवादीले दुई पटक सरकारको नेतृत्व गरिसकेको र तेस्रो ठूलो दल नेकपा एमाले पनि सरकार सञ्चालन गरिसकेकाले अब काँग्रेसकै नेतृत्वमा सरकार बन्नेमा नेपाली काँग्रेस विश्वस्त रहेको उनले बताए। नेपाली काँग्रेसका युवा नेता गगन थापाले अब बन्ने संविधानमा न्यायालयलाई पारदर्शी बनाउनु पर्ने विचार व्यक्त गरे। कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुमागार्ई, नगर सभापति राम जोशीलगायतले संविधान र शान्ति प्रक्रियाबारे बोलेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस