कांग्रेसले बनाउन सकेन उम्मेदवार चयन गर्ने संसदीय समिति

२५ भाद्र २०७०, मंगलवार ०७:१५ मा प्रकाशित

काठमाण्डौ, २५ भदौ । कांग्रेसको देशभरिका क्षेत्रीय र जिल्ला कार्य समितले केन्द्रलाई सम्भावित उम्मेदबारको नाम सिफारिश गरिसकेको छ तर उम्मेदबार चयन गर्ने संसदीय समिति गठन हुन सकेको छैन । कांग्रेसको क्षेत्र र जिल्ला कार्य समितले केन्द्रमा नाम पठाए पनि उम्मेदवार छनोटको अन्तिम टुंगो लगाउने संसदीय समिति गठन नहुनाले उम्मेदवार चयन गर्ने पुरानो परम्परा कायम हुने आशंकामा छन् टिकटका दावेदारहरु । उता संस्थापन पक्ष र देउवा पक्षको विवादका कारण संसदीय समिति गठनमा बढेको मोलमोलाईले संस्थापन पक्ष उम्मेदवार चयन गर्ने पुरानो परम्परा उपयोग गर्ने पक्षमा अघि बढेको देखिन्छ । नेपालि कांग्रेस विधानले महाधिवेशन भएको दुई महिनाभित्र संसदीय समिति गठन गर्नुपर्ने स्पष्ट व्याख्या गरेको छ तर, महाधिवेशन भएको झन्डै दुई वर्ष पुग्न लाग्दासमेत विवाद र भाग बन्डाको कुरा नमिल्दा संसदीय समिति गठन हुन छैन । निर्वाचन आयोगको कार्यतालिका अनुसार आसन्न संबिधान सभा निर्वाचन कार्यतालिका अनुसार ७ असोजमा समानुपातिकको र १० असोजमा प्रत्यक्षतर्फका उम्मेदवारको नाम दर्ता गर्नुपर्नेछ । तर उम्मेदवार छनोट गर्न दुई साता मात्र बाँकी रहँदासमेत संसदीय समिति गठन गर्ने तगारो बनेको छ देउबाको भागबन्डाको अडान । बिधानत कांग्रेसको संसदीय समिति १५ सदस्य हुने प्रावधान छ तर सभपतिअम पराजित देउबाले न्युनतम पाँच जना सदस्य आफ्नो पक्षका माग गरेका कारण संसदीय समिति गठन प्रक्रिया अलमलमा परेको छ । तर सभापति कोइराला संसदीय समिति गठन गर्ने र संसदीय समिति मार्फत टिकट वितरण सहज बनाउने पक्षमा रहेको उहाँ निटक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही