एमाले अखिलमा नविना लामा सहित अध्यक्षका चार प्रत्याशी

२५ भाद्र २०७०, मंगलवार ०६:२२ मा प्रकाशित

काठमाण्डौ, २५ भदौ । तिब्र विवाद र गुटका कारण समयमा सम्मेलन गर्न नसकेको एमाले अखिल सम्मेलनमा जुटे लगत्तै नयाँ नेतृत्वको लागि नविना लामा सहित अध्यक्षका चार प्रत्याशी भिडन्तमा उत्रिएका छन् । नविना लामा सहित अध्यक्षका चार प्रत्याशीहरु मध्ये अध्यक्षका मुख्य दावेदार मध्येकी एक पूर्व उपाध्यक्ष लामा बाम देव गौतम निकट हुन् भने अध्यक्षका अर्का दावेदार निवर्तमान महासचिव किशोरविक्रम मल्लएमाले बरिष्ट नेता केपी ओली निकट हुन् । गुट उपगुट र आन्तरिक विवादका कारण निर्धारित समयमा हुन नसकेको अनेरास्ववियूको २१ औ राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म राजधानी काठमाण्डौमा आयोजना हुदैछ ।त्यस पछिको अर्को महत्वपुर्ण पद महासचिवका लागि थोमस बाँस्तोला, रचना खड्का, दीपक गौतम र सरोज यादवले आ- दावी प्रश्तुत गरेका छन् आफ्नो । देशभरबाट झन्डै १५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनबाट ११ सदस्यीय पदाधिकारी सहित १ सय ३५ केन्दि्रय सदस्य चयन हुने बिधानत ब्यबस्था रहेको छ । बिधानत ११ जना पदाधिकारी रहने ब्यबस्था रहेको छ जस अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, महाचिव, पाँच सचिव र कोषाध्यक्ष रहनेछन् । सचिव पदलाई समावेशी कोटामा छुट्याइएको छ भने जनजाती, महिला र मधेसी समावेशी र दुई खुल्ला प्रतिस्पर्धाबाट सचिव चयन हुने ब्यबस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्