नेपाली समुदाय अमेरिकामा ब्याबशायिक भबिष्य खोज्दै

२४ भाद्र २०७०, सोमबार २१:१८ मा प्रकाशित

बाल्टिमोर । अमेरिकामा बस्ने नेपालीहरु अमेरिकामा ब्याबशायिक भबिष्य खोज्ने अभियानमा जुट्न थालेका छन् । अमेरिकी सरकारले दिने व्याबसाय प्रबर्द्धन सहायता कार्यक्रम अन्तर्गतका सुविधाहरुको उपयोग गर्दै स्वरोजगार बन्ने अभियानको थालनी गरिने भएको छ । अमेरिकाको बाल्टिमोरमा आयोजित अगुवा उद्यमी व्याबसायी तथा कुटनीतिक नियोगका प्रमुख सम्मिलित एक दिने कार्यशालामा ब्याबशायिक सम्भावना खोज्ने कोशिस गरिएको हो । शनिवार मेरिल्याण्डको बालटिमोरमा बालटिमोर एशोशिएशन अफ नेप्लिज इन अमेरिकावानाले आयोजनामा गरेको कार्यशालामा अमेरिकामा बस्ने नेपालीहरुको ब्याबशायिक भबिष्य र व्यापारिक सम्भावना खोज्ने दुई कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यशालामा अर्थसाश्त्री कृष्ण रेग्मीले अमेरिका नेपालबीचको आर्थिक सम्बन्ध तथा व्यापार सन्तुलनको समीक्षा गरिएको कार्यपत्र प्रस्तुत गरेका थिए भने अमेरिकी नेपाली साना उद्यमी व्याबसायीको अवस्था, चुनौती र सम्भावना विषयक कार्यपत्र निर्माण ब्याबसायी कुलमणि आचार्यले प्रस्तुत गरेका थिए। कार्यशालाका मुख्य अतिथि अमेरिकाका लागि नेपालका राजदूत डा.शंकरप्रसाद शर्माले अमेरिकामा बस्ने नेपालीहरुलाई अमेरिकी सरकारका विभिन्न निकायमा रहेको साना उद्यमी सहुलियत कार्यक्रमको उपयोग गर्दै स्वरोजगारीतर्फ लाग्न सुझाव दिएका थिए । वानाका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यशाला उद्घाटन समारोहका अर्का वक्ता महाबाणिज्य दूत प्रेमराजा महतले नेपाली समुदाय अमेरिकामा व्यावसायतर्फ उन्मुख हुनु सुखद खबर समुदाएको लागि भएको बताए । नेपाल अमेरिका चेम्बर अफ कमर्शका सानुबाबु सीलवालले चेम्बरलाई अब यसबाट थप हौसला मिलेको जानकारी दिएका थिए । कार्यशालामा अन्तराष्ट्रिय मुद्राकोषका नेपाल प्रतिनिधि डा. रामशरण खरेलले बैदेशिक सहायता तथा विप्रेषण रकमको सदुपयोग गर्न र नेपालमा लगानी बढाउन बैंकहरुकै कारणले असहज नहोस भनेर नेपाल राष्ट्र बैकले कडा नियमन र निगरानी गर्ने गरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद