माल्दिभ्सलाई हराउदै भारत फाइनलमा

२४ भाद्र २०७०, सोमबार २०:३६ मा प्रकाशित

काठमाण्डौ, २४ भदौ । माल्दिभ्सलाई हराउदै भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरग रंगशालामा सोमबार भएको खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । भारतका लागि ८५ औं मिनेटमा अरनाब मण्डलले गरेको निर्णायक एक गोलको मदतले साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । भारतले फाइनल खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यस अघि साफ च्याम्पियनसिपमा भारत ६ पटक विजेता भइसकेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग आत्मघाती गोलले विजयी भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।  भारतले अन्तिम खेलमा पाकिस्तानसँग गोलरहीत बराबरी खेलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्