मंसिर ४ गते निर्वाचन नहुने, मित्र राष्ट्र भारत, चिन र दुवै माओबादीको योजना साकार

२४ भाद्र २०७०, सोमबार ११:०९ मा प्रकाशित

काठमाण्डौ, २४ भदौ । सहमतिका लागि निर्वाचनको मिति फेर्ने तयारीमा जुटेका छन् मूख्य राजनीतिक दलहरु । माओबादी सहितका दलहरुसंगको सहमतिका लागि निर्वाचनको मिति फेर्ने तयारीमा जुटेका हुन् राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरु । एमाओबादी अध्यक्ष प्रचन्ड, काग्रेसका सभापति सुशिल कोइराला र छिमेकी राष्ट्र भारत पनि माओवादीलाई सहमतिमा ल्याउनलाई मंसिर ४ गतेको लागि घोषित निर्वाचन सार्ने मनस्थितिमा पुगेका छन् । आईतवार मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसंग माओवादीलाई सहमतिमा ल्याएर निर्वाचन नगर्ने हो भने मुलुक फेरि द्धन्दमा फस्ने भन्दै सहमतिमा ल्याउन केही समय चाहिने भएकोले निर्वाचनको मिति सार्ने विषयमा सल्लाह गरेका थिए । मित्र राष्ट्र भारत, चिन र एमाओबादीवीच अन्तरिम संविधानको ३८ को १ बमोजिमको सबै दल सहभागि सरकार निर्माण गर्ने र त्यसमा मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी, माओवादी सहितका दलका प्रतिनिधिहरु सहभागि गराएर सर्वदलीय स्वरुप दिईने छ । यस विषयमा छलफल चलि रहे पनि नयाँ निर्वाचन बैसाख गर्ने विषयमा माओवादीले स्पष्ट जवाफ दिएको छैन । एमाओवादी पनि अहिलेकै फुटको अवस्थामा निर्वाचनमा जाँदा भोग्नु पर्ने पाराजयसंग जानकार रहेकोले निर्वाचन सार्ने पक्षमा रहेको छ । माओवादीका सचिव नेत्र विक्रम चन्दले सार्वजनिक रुपमै एमाओवादीसँग पार्टी एकताकोलागि वार्ता भईरहेको बताएर पनि एमाओवादीको योजनालाई स्पष्ट पारेका छन् । उनले पार्टी भित्र निर्वाचनमा जाने भए पार्टी एकता गरेरै जानु पर्ने पक्षमा स्पष्ट लविङ पहिला देखिनै गर्दै आएका छन् । यता मधेसबादी दलहरु पनि बाहिर जतिसुकै निर्वाचनको रट लगाए पनि भित्री रुपमा विभाजित अवस्थामा निर्वाचनमा जान नचाहेको देखिन्छ । अन्तत दलहरु मंसिर ४ गतेको मितिमा निर्वाचन सम्भव नहुने निचोडमा पुगेका छन् जसरि भारतीय संस्थापन पक्ष ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी