पूर्वराजाको सुरक्षामा खटिएका नेपाली सेना फिर्ता

१ बैशाख २०६९, शुक्रबार २१:२४ मा प्रकाशित

काठमाडौ, १ बैशाख (रासस)। सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइँदै आएको नेपाली सेनाको सुरक्षालाई हटाएको छ। पूर्व राजा र उनका परिवारको सुरक्षाका लागि नेपाली सेनाले सेनानीको नेतृत्वमा २५ जना सैनिक खटाएको थियो । सरकारको निर्णयअनुसार नेपाली सेनाले पूर्व राजाको सुरक्षाका लागि खटाएको जनशक्ति हिजोबाट फिर्ता भएको नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी रमीन्द्र क्षेत्रीले जानकारी दिए।
सरकारको निर्णयअनुसार पूर्व राजा र उनको परिवारका सुरक्षाका लागि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा