आजको नेपाल र अफगानिस्तान सेमिफाइनल भिडन्त, टिकट सकियो

२३ भाद्र २०७०, आईतवार १२:०४ मा प्रकाशित

काठमाण्डौ, २३ भदौ । साफ च्याम्पियनसीप फुटबल अन्तर्गत आज हुने नेपाल र अफगानिस्तान विचको सेमीफाईनल खेलको भिडन्त हेर्ने दर्शकको इच्छा पुरा नहुने भयो अर्थात् टिकट बिक्रि खुल्ला भएको एक घन्टामै टिकट सकियो ।आइतबार बिहान ८:०० वजेबाट बिक्रि सुरु गरिएको टिकट बिक्रि करिब एक घन्टा अर्थात् बिहान सकियो । आज आइतबार साँझ ६:३० बजे सुरु हुने नेपाल र अफगानिस्तानबीचको पहिलो सेमिफाइनल भिडन्तको टिकट किन्न बिहान ५:०० बजेदेखि लाइनमा बसेका नेपालको खेल प्रत्यक्ष हेर्न आतुर फुटबल समर्थकले टिकट नपाउदा आक्रोसित बन्दै नाराबाजी समेत गरेका थिए । टिकट नपाएपछि आक्रोशित बनेका नेपाली दर्शकले एन्फा विरुद्ध नाराबाजी समेत गरेका थिए । आक्रोशित बनेका नेपाली दर्शकको भिडलाई तितरवितर पार्न प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । एन्फाका अनुसार टिकट बिक्रि सुरु भएको १ घन्टामै सबै टिकट सकियो । एन्फाले सेमीफाईनल र फाइनलका लागि टिकटको मुल्य साधारण प्यारापिट तर्फ ५ सय रुपैंया र विशेषतर्फ एक हजार रुपैंया तोकेको छ । दशरथ रंगशालाको दर्शक क्षमता साधारणतर्फ १५ हजार र छततर्फ २ हजार ८ सय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको