तिजको रहर आयो बरिलै.., नेपाली महिलाहरुको महान चाड हरितालिका तिज सुरु

२२ भाद्र २०७०, शनिबार २२:०७ मा प्रकाशित

काठमाण्डौ, २३ भदौ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज सुरु भएको छ । चेलीहरु माइती पुगिसकेका छन् । तिजको पहिलो दिन दर खादै छन् हिन्दु महिलाहरु । थरि थरि मिष्ठान्न भोजन पकाउने र खाने क्रम सुरु भैसकेको छ । हिन्दु महिलाहरु आइतबार विहानै उठी नुहाई धुवाई गरी चोखो बस्त्र लगाएर नजिकको शिवालयमा पूजाआजा गर्ने तयारीमा समेत जुटी सकेका छन् ।
हरितालिका तिज र धार्मिक मान्यता :
विवाहित महिलाले निराहार ब्रत बसेर शिवको पूजा गरे पतिको दिर्घायू हुने र अविवाहितले सुयोग्य बर पाउने धार्मिक विश्वास रही आएको छ । पूजाआजा अघि र पछि नाचगान गरेर रमाइलो गर्ने गरिन्छ । महिलाहरु तिजको ब्रत अबधिभर पानी समेत नखाई ब्रत बस्ने गर्छन । आइतबार विहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवमन्दिरहरुमा भक्तजनहरुको घुइंचो लाग्नेछ । हिन्दु नारीहरुको महान अनि पबित्र चाड तीजले जुन हरितालिका नामले पनि चिनिन्छ हरेक बर्ष झै यस पाली पनि अखण्ड सुहाग र पतिको अटल दिर्घायु तथा सु-स्वास्थ्यको लागी साथै आफ्नो सन्तानको दिर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दु नारीको मन मस्तिष्क र घर आगनमा पुर्वबाट प्रभातमा लालीले चिहाए झै चिहाइ सकेको छ। स्कन्धपुराणमा उल्लेख भए अनुसार पार्वतीलाइ उनका जया, बिजया, पराजया आदी नाम गरेका साथीहरूले घऱबाट हरेर(भगाइ) घनघोर जङ्गलमा लगी महादेव पती पाउने इच्छालाइ पुरा गराउन उनैको पुजा आराधना गराइ जाग्राम बसी बालुवको शिव लिङ्ग बनाइ पुजा गरी रातको समय नाचगानमा गरी बिहान सुर्योदयमा नित्य जल चढाउदा भगवान महादेवले प्रत्यक्ष दर्शन दिइ पार्वतीलाइ पत्नीको रूपमा स्वीकारेको पाइन्छ ।
हरण वा भगाएर लगेको हुनाले यसको नाम हरितालिका नाम हुन गयो र यसलाइ चाड र ब्रतको रूप मनाउन थालियो। श्रीमहादेवको पुजा आराधाना कै भरमा कतिले भने अनुसारको पति पाए वा भने जस्तो सफलता भयो या उल्टो पतिबाट तिरस्कार वा हिंसाका सिकार बने यो समाजको अध्ययनको बिषय हो। पति या परिवार जनको सुस्वास्थ्थको लागी भनेर पुजा आराधना गर्ने र अर्को तर्फ सामुहिक रूपमा तिनै परिवारजनको गीतको माध्यमले आलोचना गर्ने गरेको बिरोधाभाष चलन पनि भेटिन्छ। सामाजिक कुरितीका कारण नारीले परिवार भित्र झेल्न परेका अल्झन र अफ्टेराहरूको गीतका माध्यमले आफ्नो दुःख सुख आपसमा पोखी मन बहलाउन र थोरै भए पनि सामाजिक चेतना फैलाउने काम गरेको पनि पाइन्छ। समय प्रबिधी र मानव चेतनाको स्तरमा भएको बिकासले गर्दा पुराना मान्यता र अन्धबिश्वासमा समाजले धेरै फर्को मारी सकेको छ। समाजमा रहेको अन्धबिस्बासका पुराना मान्यता र ढर्राका माकुराका झालो शिक्षा र प्रबिधीले बढारी सकेको छ। संसार प्रबिधीले सागुरी एकै कोठामा बनाइरहेको समयमा हाम्रो सामाजिक मान्यता र संकारको पालनामा अब त परिस्कृत तबरले मनाउनु पर्ने समय भइ सकेको छ। दिन भरी भोकै पानी पनि नपिइ गरिने ब्रत स्वास्थ्यको दृष्टीले उपयुक्त के कति छ भन्दा पनि पुजा र तपको फल बिना त्याग परिश्रम प्राप्त नहुने यथार्थलाइ पनि भुल्न सकिदैन। बिना परिश्रम र संधर्ष परिक्षामा पास त कोही पनि हुदैन नै। आफ्नो स्वास्थ्य़लाइ संकटमा राखी गरिने यस्तो ब्रत एक कठिन परिक्षा पनि हो।
पुरूषबाट यसरी प्रत्यक्ष रूपमा महिलाको लागी कुनै कर्म या ब्रत बस्ने गरेको ऩभएकोले केहि समाज शास्त्रीहरूले यसलाइ पुरूष प्रदान समाजको एक कारकको रूपमा पनि लिने गरेको पाइन्छ। यसै मान्यतामां रहेर होला आजकल केही महिलाहरूले ब्रत बसे पनि पानी र फलफूल ग्रहण गर्ने गरेको छन। कर्म गर फलको आसा नगर भन्ने गीताको पवित्र बचनलाइ मनन गरी यो ब्रतको प्रभाव मात्राको आधारमा सोचे अनुसार होला या नहोला तर खराब त पक्कै हुदैन नै। प्रत्येकमा दुइ पाटा हुन्छ भने झै हामीले बर्षो देखी मानिदै आएको यस पर्वमा पनि केही नराम्रा पक्षहरू पनि रहेका छन। तीजमा केही समय देखी यता गरगहनाको प्रतिस्पर्धा अनियन्त्रिक रूपमा बढी रहेको देखिन्छ। ब्यक्तिगत प्रतिष्ठामा गहनालाइ बढी मात्रामा लिन थालिएकोले हुने खानेको र जिवनको लागी संघर्ष गरीरहेका नारी बीच सामाजिक र आर्थिक अवस्थाको खाडल बढी रहेको छ। वास्तवमा नारीको गहना उ भित्रको संकार हो, शिक्षा हो र क्षमता हो एक धातुको प्रयोगको क्षमतामा जोडिनु कुनै बैज्ञानिक तर्क शिद्धान्तमा सही मान्न सकिदैन। बरू यसबाट चोरी हत्या लगायतका सामाजिक अपराधको मात्रामा बृढी भइरहेको जग जाहेज नै छ। केहि बर्ष यता महिलासग सम्बन्धित संघ सस्थाहरूले दर खुवाउनेको नाममा हप्ता पहिला देखि नै संघमा आबद्ध महिला, लब्ध प्रतिष्ठित र मिडियामा आबद्ध महिलाहरूलाइ बोलाएर दर खुलाउने चलन शुऱू भएको छ। यसबाट महिला बिच समन्वय बढ्न गइ सामाजिक एकता र बिबिध क्षेत्रमा आबद्ध नारी बीचको सम्बन्धले चेतना बिकासमा केहि न केहि थप योगदान पुगेको मानिनु पर्छ । धर्म जीवनको पद्दती हो भने संकार त्यस पद्दतीको एक पाटो हो। एउटै धर्म अबलम्बन गर्नेहरू बिच पनि एकै सामाजिक परम्परा, चलन र संस्कार हुनु पर्छ भन्ने जरूरी छैन। नेपाल भित्रै रहेका पूर्वी इलाम देखी पंश्चिम महाकाली दोधारा चाँदनीका हिन्दु नारी बिच अलग अलग सामाजिक मुल्य र मान्यता चाड र ब्रत रहेको पाइन्छन। सुदुर पश्चिममा मानिने डेउडा नाँच अन्य देशको कुनै ठाउमा मानिदैन पुजा आजा उहि शिव पार्वतीको हो र बिधी र कथा मध्य नेपालको पहाडी भाग देखी बिहार झारखण्ड सम्म मानिने हरितालिका तिजको लगभग उहि हो । संगीत मानव समुदायको अभिन्न अङ्ग हो जन्मदै गर्दाको लरी देखी अन्त्य सम्म यसले महत्व राखेको छ। हिन्दु बेदहरूका ऋचा र उपनिषदका श्लोकहरू पनि लयात्मक रूपमा रहेका पाइन्छन। यसबाट प्रष्ट हुन्छ संगीत आदिम सभ्यता देखी स्वीकारीएको छ र त्यसमा पनि कान्छो बेद भनेर चिनिने सामबेद पुरै संगीतको शास्त्र हो। तीजमा गाइने गीत अन्य सामान्य गीत भन्दा फरक शैली, प्रस्तुती र हाउभाउको पाइन्छ। यसमा आफ्नै हातबाट तालीका माध्यमले मिठो आबाज निकाली भिन्न शैलीमा प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको