हिटलरका अन्तिम अंगरक्षकको मृत्यु

२२ भाद्र २०७०, शनिबार २१:४१ मा प्रकाशित

एजेंसी, २२ भदौ । जर्मनीका तानाशाह हिटलरका अन्तिम सयमसम्मका एक मात्र प्रत्यक्षदर्शी अंगरक्षकको ९६ बर्षको उमेरमा मृत्यु भएको छ । रोखुस मिश नामका ती अंगरक्षक नै हिटलरका अन्तीम जिबित अंगरक्षक थिए । रोखुसले हिटलरको नीजि सुरक्षाकर्मीका रुपमा पाँच बर्ष सम्म काम गरेका थिए भने एक नजिकका विश्वसा पात्र पनि थिए । समाचार एजेन्सी एपीका अनुसार रोखुस हिटलरलाई तानाशाह भन्न रुचाउँदैनथे । चर्चित तानाशाह हिटलरले जर्मनमा ६० लाख यहुदीको हत्या गरेका थिए । तर उनका अन्तीम अंगरक्षक मानिने रोखुसले भने आँफुलाई यस बिषयमा जानकारी नै नभएका दावी गर्ने गरेका थिए । हिटलरसंग हुँदा रोखुसले कुरियर, टेलिफोन तथा सम्पर्क व्यक्तिका रुपमा पनि काम गरेका थिए । रोखुसको जन्म सन् १९१७ पोल्याण्डको अल्ट शाल्कोवीट्ज गाउँमा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा