लण्डनमा ईन्टेक १९८३ को विशाल कार्यक्रम हुने

१ बैशाख २०६९, शुक्रबार २१:२१ मा प्रकाशित

सर्बराज राई, लण्डन । सन १८५७ सालको नेपाल भारत र वेलायत सरकारहरु विच भएको सुनौलो सन्धी त्रिपक्षीय सम्झौताको मूल्य र मान्याताको आधारमा वीर गोरखालीहरु लर्के जवानमा पढ्दा पढ्दै आफ्नै भुमिमा आफ्नै राष्ट्रको सामाजिक आर्थिक र भौतिक समृद्धिका लागि अहोरात्र जुत्ने इच्छा हुँदाहुँदै, रोजगारी र आर्थिक अबसरको खोजिमा भौतारिदै रोजगारीको सिलसिलामा बिभिन्न प्रकारको कठिनाईहरुलाई पार गर्दै प्रत्येक बर्ष व्रिटिश आर्मीमा लर्के नेपाली जवानहरु भर्ती हुने गरेका छन ।

व्रिटिश सेनामा प्रत्येक वर्ष भर्ती भएका अरु अन्ने इन्टेकहरु मध्ये एक इन्टेक ८३ इन्टेक पनि पर्दछ । नेपालको बिभिन्न क्षेत्रबाट बिभिन्न प्रकारको कडा भन्दा कडा कसरत गरी सँगै १९८३ सालमा ब्रिटिश आर्मीमा भर्ती भई सँगै आर्मी नम्बर प्राप्त गरी सँगै ११ महिना तालिम सकेका लर्के जवानहरुलाई १९८३ ईन्टेकका नम्बरी भनेर चिनिन्छ । यस १९८३ ईन्टेकका नम्बरीहरुले २११६५७२५ देखी २११६६२१४ सम्मको ब्रिटिश आर्मी नम्बर प्राप्त गरेका छन भने जम्मा ५६७ नम्बरी जवानहरु यस इन्टेकमा रहेका छन ।

२१ औ शताव्दिको परीवेश संगसंगै समाजलाई परिवर्तन ल्याउने मुल मन्त्रका साथ हरेक दृष्टिकोणबाट सफल बनाउने महान उद्धेश्यले समाजको आवश्यकतालाई पहिलो प्राथमिकता प्रादान गर्नु पर्छ भन्ने कुरालाई १९८३ ईन्टेकका सबै नम्बरीहरुले आत्मा महसुस गर्दै आएका छन । विश्वका विभिन्न मुलुकमा रहेका १९८३ ईन्टेकका नम्बरीहरु नम्बरी भन्ने नारालाई अबलम्बन गर्दै एउटै छातामा सबै नम्बरीहरुलाई अटाई अझ ससक्त बनाई नम्बरी परिवारहरुमा भैपरी आउने अप्ठेरा र बिपतिमा पर्न सक्ने समस्याहरुलाई समाधान गर्न र आत्मिएता भार्तित्वको अभिवृद्धि गर्नको साथै नम्बरी परिवारहरु बिच प्रचुर मित्रता कायम राख्न्ने महान उद्धेश्यले प्रत्येक वर्ष नम्बरी भेटघाट कार्यक्रमको आयोजना हुँदै आएको छ ।

गत वर्षहरु झै यस वर्ष पनि यस्ता बिभिन्न बहुमूल्य उद्धेश्यलाई लिएर पाचौ वार्षिक नम्बरी भेटघात कार्यक्रमको आयोजना यही आउदो २८ अप्रिल २०१२ शनिबारको दिन भब्य रुपमा सम्पन्न हुने भएको छ । उक्त कार्यक्रमको तयारी गर्न लण्डन प्लमस्टिड शाखा समितिलाई सर्बसम्तबाट जिम्मा दिएकोले यो ऐतिहासिक बिशाल वार्षिक भेटघाट कार्यक्रम पूर्व लण्डन प्लमस्टिड नजिकको लेकसाईड कमफल्याक्स हलमा व्यापक सम्पन्न हुने निश्चित भएको हो ।

उक्त कार्यक्रमको तयारी गर्नको लागि प्लमस्टिड सेरोफेरोका नम्बरीहरु कम्बर कसेर तिब्र गतिले अगाडि बढीरहेको छ । यसै, क्रममा बेलायतको सबै क्षेत्रका शाखा कार्य समितिहरुलाई ऐतिहासिक नम्वरी भेटघाट कार्यक्रमको सहकार्य र सभागिताको लागि आ-आफ्नो क्षेत्रमा सबै नम्बरी परिवारजनमा आव्हान गर्न अनुरोध गरिएको छ । र यो पाचौ ऐतिहासिक नम्बरी भेटघाट कार्यक्रमलाई अपार सफल पार्नको लागि फोकस्टन, रिडिङ, अल्डर्सत, क्याम्ब्रली, केन्टावारी, सुइदन, ग्रेश, फान्ब्रो, आशफोर्डर ओयाल्स लगाएत अरु अन्य क्षेत्रका नम्बरीहरु ब्यापक तयारी भईरहेको छ ।

उक्त ऐतिहासिक नम्बरी भेटघाट कार्यक्रमलाई अपार सफल बनाउन सबै समबन्धित निकाएहरुलाई हार्दिक आग्रह गरिएको छ, साथै सहि सत्य र यथार्थमा इन्टेक १९८३ को ऐतिहासिक नम्बरी भेटघाट कार्यक्रमको समाचारलाई सम्प्रेसन गरी संसार भरी छरिएर बसोबास गरिरहेका तमाम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको घर आगनमा पुर्‍याई सहयोग गर्न बिभिन्न सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध समेत गरिएको छ । यो १९८३ ईन्टेकका वार्षिक नम्बरी भेटघाट कार्यक्रम गत बर्षहरु भन्दा यो वर्ष नयाँ ढंगले मनाइने भएकोले यो वर्ष अझै रमाइलो हुने तथ्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र