गैर आवाशीय नेपालीको मताधिकार सुरक्षित बनाउन सहमति, एनआरएनले गर्यो निर्णयको स्वागत

२१ भाद्र २०७०, शुक्रबार २०:५५ मा प्रकाशित

काठमाडौ, २१ भदौ । अध्यन र अबशरको खोजीमा विदेश पुगेका गैर आवाशीय नेपालीको मताधिकार सुरक्षित बनाउन कानुन ल्याइने भएको छ । संघीय समाजवादी पार्टीले शुक्रबार उच्चस्तरीय राजनीतिक समितिसंग गरेको सम्झौताको मुख्य बुदामा गैर आवाशीय नेपालीहरुलाई आसन्न संबिधान सभा निर्वाचनमा कानुन बनाएर मतदानमा सहभागी गराउने उल्लेख गरिएको । यसै बीच गैर आवशीय नेपाली संघ एनआरएनका संस्थापक राम प्रताप थापाले संघीय समाजवादी पार्टीले उच्चस्तरीय राजनीतिक समितिसंग गरेको सम्झौताको स्वागत गर्नु भएको छ । थापाले भने, ‘गैर आवाशीय नेपालीको मताधिकार सुरक्षित बनाउन कानुन ल्याइने खबरले प्रवाशी नेपालीहरु हर्षित छन् । आसन्न संबिधान सभा निर्वाचनमा मतदानमा सहभागी गराइए झनै राम्रो हुने थियो ।’ अध्ययन र अवसरको खोजीमा ठूलो संख्यामा नेपालीहरु जापान, कोरिया, मलेसिया, युएइ, कतारदेखि युरोप अमेरिकासम्म पुगेका छन् । यस अघिनै गैर आवाशीय नेपालीको मतअधिकारलाई समेट्न एमाओवादी, कांग्रेस र एमाले लगायतका मुख्य दलले माग गरेका थिए भने प्रवासी नेपालीलाई चुनावमा समेट्न निर्वाचन आयोगले अध्ययन भ्रमण समेत गरेको थियो । निर्वाचन आयोगको उक्त अध्ययनले ३० लाख नेपाली तेस्रो मुलुकमा रहेको देखाएको थियो । तर निर्वाचन आयोग भने प्राबिधिक कठिनाइ देखाएर यस पटकको संबिधान सभा निर्वाचनमा गैर आवाशीय नेपालीको मतअधिकारलाई समेट्न नसक्ने निर्क्योलमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी