राजस्व अनुसन्धान विभागले अधिवक्ता शम्भु थापा सहित ६ वटा फर्ममा छापा मार्यो

२१ भाद्र २०७०, शुक्रबार १७:२२ मा प्रकाशित

काठमाडौ, २१ भदौ । कर छलेको आशंकामा राजस्व अनुसन्धान विभागले अधिवक्ता अधिवक्ता शम्भु थापा सहित ६ वटा फर्ममा छापा मारेको छ । राजस्व अनुसन्धान विभागको बिशेष दस्ताले दुई ल फर्म, दुई इन्जिनियरिङ कन्सल्ट्यान्सी, एक चार्टर्ड अकाउन्टेन्ड कन्ल्ट्यान्सी र एउटा डाक्टरको क्लिनकमा छापा मारेको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक खुमराज पुम्जालीले कर छलेको आशंकामा ती फर्महरुमा छापा मारिएको बताए । अधिवक्ता शम्भु थापा सहित ६ वटा फर्मका कम्प्युटर लगायत सबै फाइलहरु नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक पुम्जालीका अनुसार नियन्त्रणमा लिइएका सबै कागजातको अनुसन्धानपछि कर छलेको विवरण सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई