दीपाले जन्माइन चम्ल्याहा सन्तान

२१ भाद्र २०७०, शुक्रबार ०८:२३ मा प्रकाशित

विराटनगर, २१ भदौ । झापा धुलाबारीकी २६ बर्षिया दीपा भट्टराईले चम्ल्याहा सन्तान जन्माएकी छन् । नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरी बिहीबार दिउँसो दुई बजेर ३७ मिनेटदेखि ३ बजेसम्म ३ छोरा र १ छोरी जन्माएकी हुन् । २८ हप्तामा जन्मिएका शिशुको तौल छोरीको ८ सय ग्राम, दुईको १ किलो २ सय ग्राम र एउटाको १ किलो छ । शिशुहरुलाई श्वासप्रश्वासमा अक्सिजन सेचुरेसनको कमी देखिएपछि अतिसघन उपचार कक्षमा राखिएको छ । ‘अढाई महिनामै ४ वटा छन् भन्ने थाहा भएको थियो,’ दीपाले भनिन् निकै पीडा भएपछि उनलाई धरानस्थित बीपी प्रतिष्ठान लगिएकोमा त्यहाँ भर्ना लिन नमानेपछि विराटनगर पुर्‍याएको दीपाका श्रीमान घनश्यामले बताए । उनले भने,’ त्यहाँ बिरामीका लागि बेड थिएन । यस्तो अवस्थामा भुईमा राखेर कसरी उपचार गराउनु भनेर विराटनगर ल्याइयो ।’ घनश्याम छिमेक लघुवित्त विकास बैंकका शाखा प्रवन्धक हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी