साउथ क्लारोलिनामा नासा र एन्माको नबौं संयुक्त सम्मेलन

२० भाद्र २०७०, बिहीबार २३:०८ मा प्रकाशित

साउथ क्लारोलिना । अमेरिकामा बस्ने नेपालीहरुको संस्था नासा र एन्माको नबौं संयुक्त सम्मेलन सम्पन्न भएको छ । साउथ क्यारोलिनाको स्पार्टनबर्गमा तीन दिन सम्म चलेको सो सम्मेलनमा अमेरिकाभरिका आठसय बढी नेपालीहरुको सहभागिता रहेको थियो । अमेरिकाको लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा रक्तदान, खेलकुद, ट्यालेण्ट शो, बालबालिकाहरुका बिबिध कार्यक्रमहरु, सांस्कृतिक कार्यक्रम, भ्रष्ट्राचार बिरुद्धको अभियानको बारेमा छलफल, ब्यवसायिक बिकासको बारेमा छलफल लगायतका बिभिन्न कार्यक्रमहरुको साथ सम्पन्न भएको हो । ३३ बर्ष पहिले स्थापना भएको ‘एशोसिएसन अफ नेप्लिज इन मिडवेष्ट अमेरिका-एन्मा र २२ बर्ष पहिले स्थापना भएको नेप्लिज एशोसिएसन इन साउथइस्ट अमेरिका-नासाले बिगत नौ बर्ष देखि संयुक्त रुपमा सम्मेलन गर्दै आएका छन् । हरेक बर्षको ‘अमेरिकन लेवर डे’ को दिन पारेर आयोजना गरिने कार्यक्रम नासा र एन्माले पालैपाले सम्मेलनबको संयोजन गर्दछन् । यस बर्ष नासाको अगुवाईमा साउथ क्यारोलिनामा बस्ने नेपालीहरुको संस्था स्क्यानको आयोजनामा सम्पन्न भएको हो । यस पटकको सम्मेलनमा नासाले नयां नेतृत्वको समेत चयन गरेको छ । दुई बर्षका लागि चयन गरिने नयाँ कार्यसमितिमा साउथ क्यारोलिनाका डा. रामचन्द्र बरालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमितिको निर्माण गरिएको हो । समितिका अधिकाशं पदहरु सहमतिमै चयन भए पनि बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सहसचिव पदका लागि भने निर्वाचन भएको थियो । आइतबार भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा फ्लोरिडाका बिमल नेपाल बिजयी भए भने उपाध्यक्षमा जर्जियाका शैलेन्द्र ब्रजाचार्य र सह सचिवमा जर्जियाकै अम्बीका लोहनी शर्माले जिम्मेवारी पाएका छन् । सम्मेलनमा बिभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । बिशेष साँस्कृतिक कार्यक्रममा बरिष्ठ कलाकारहरु मिरा राणा, ओम बिक्रम बिष्ट, प्रेम राजा महत, दिनेश डिसी, यज्ञमान शाक्य, जगदिश समाललगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । आयोजक संस्था स्क्यानका अध्यक्ष मनिष शाक्यका अनुसार सोचे भन्दा धेरैको संख्यामा उपस्थिति कारण ब्यवस्थापन गर्न केही कठीन भए पनि सम्मेलन ऐतिहासिक भएकोमा खुशी ब्यक्त गरे । नासा र एन्माको दशौं संयुक्त सम्मेलन कोलोराडोमा हुनेछ् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न