गायिका अञ्जु पन्त क्रिश्चियन भएपछि

२० भाद्र २०७०, बिहीबार २१:०९ मा प्रकाशित

अहिले गायिका अञ्जु पन्त जुन स्थानमा छिन्, त्यसमा पुग्न उनलाई विशुद्ध रूपमा नेपाली गीत–सङ्गीतले नै साथ दिएको हो । नेपाली श्रोताहरूलाई उनले जति धन्यवाद दिए पनि पुग्दैन । नाम, दाम, चर्चा, देश–विदेश अनि उचाइ र सम्मान अञ्जुलाई अन्य भाषा अनि धर्म र संस्कृतिमाथि गीत गाएर मिलेको होइन, नेपाली भाषाकै आधुनिक, लोक तथा धार्मिक गीत गाएर मिलेको हो ।
तर, निकै शालीन, भद्र र सभ्य गायिका भनेर चिनिने अञ्जुलाई आजभोलि कुन्नी के भएछ, अलि आवेगमा आउन थालेकी छिन् । धार्मिक गीत भनेपछि पारिश्रमिक पनि घटाएर गीत गाउन तयार हुने अञ्जु अहिले धार्मिक गीतको त कुरै नगरौँ, आधुनिक गीतमा पनि कुनै भगवान्को नाम रहेछ भने ‘यो गीत गाउन्न’ भनेर गीत नै नगाएर छोड्न थालेकी छिन् । स्टुडियो बुक गरेर सङ्गीतकार वा म्युजिसियन तयार भएर बस्दाको अवस्थामा अञ्जु स्टुडियोमा छिर्छिन् अनि शब्द हेर्दा भगवान्को नाम रहेछ भने ‘यो गीत गाउँदिनँ’ भन्न थालेकी छिन् । यो साता मात्र उनले थुपै्र सङ्गीतकार, गीतकार अनि स्टुडियोलाई अलपत्र पारिन् ।
कुनै समय पूर्ण रूपमा भगवान्प्रति आशा, भरोसा र विश्वास गर्ने अञ्जु हरेक दिन बिहान पशुपति पनि जान्थिन् । तर, अहिले यिनै अञ्जु आफ्ना पूर्वपति र पशुपति दुवैको नाम लिन चाहन्नन् । किन त ? यसो बुझ्दा गाँठी कुरो त अर्कै पो रहेछ । उनी पनि कुन्ने के लोभ, प्रलोभन वा आश्वासनमा लागेर हो क्रिश्चियन पो भइसकेकी रहिछिन् । अनि क्रिश्चियनले कसरी हिन्दू भगवान्को नाम लिएर गीत गाउँछन् त ? कुरो त यो पो रहेछ, पछि पो थाहा पाइयो ।
क्रिश्चियन भएपछि मन्दिर नजानु अनि हिन्दू धर्मावलम्बीहरूको भगवान्लाई नमान्नु अर्कै कुरा हो, तर आफ्नै पेसामा लात्ती हान्ने काम गर्नुपर्छ र भन्या अञ्जुजी ? कर्मशील र मिहिनेत अनि मिहेनतीलाई त जुन धर्मले पनि स्यावासी र क्याबात भन्छन् होइन र ? धर्मले पनि यो काम गर्नुहुन्न, योसँग बोल्नुहुन्न, यसले छोएको खानुहुन्न भन्छ र ? यो कुराचाहिँ अलि पचेन कि ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्