एमाओवादी अध्यक्ष प्रचण्डलाई अदालतमा हाजिर हुन आदेश

२० भाद्र २०७०, बिहीबार २०:४७ मा प्रकाशित

काठमाडौ, २० भदौ । सर्वोच्च अदालतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिन भित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । दहालले अदालतको मानहानी गरेको जिकिर गर्दै अधिवक्ता दिनेश त्रिपाठीले भदौ १० गते दायर गरेको रिट सुनुवाइमा सर्वोच्चले यस्तो आदेश गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले दाहाललाई तीन दिन भित्र अदालतमा उपस्थित भएर वा लिखित जवाफ दिन आदेश गरेको हो । दाहालले पोखरामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अदालतको आलोचना गरेका थिए । अधिवक्ता त्रिपाठीले एमाओवादी अध्यक्ष दहालको भनाईले अदालतको मानहानी भएको जिकिर गर्दै सर्वोच्च हदैसम्मको कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप