चुनावी मन्त्रिपरिषद्का अध्यक्ष चुनाब छोडेर राष्ट्रसंघीय महासभामा

२० भाद्र २०७०, बिहीबार ०७:०९ मा प्रकाशित

काठमाडौ, २० भदौ । देश निर्वाचनको माहोलमा होमिएको बेला मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन १५ सदस्यीय प्रतिनिधिमण्डल बोकेर असोज ४ देखि १४ सम्म न्युयोर्क प्रस्थान गर्ने भएका छन् । मोहन बैद्यको ड्यास माओबादी लगायतका दलहरु निर्वाचन सहभागी हुने नहुने टुंगो नहुदै दुई साताको भ्रमणको तयारीमा जुटेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन १५ सदस्यीय प्रतिनिधिमण्डल बोकेर असोज ४ देखि १४ सम्म न्युयोर्क प्रस्थान गर्ने भएका हुन् । सामान्यतया देशको संकटपूर्ण राजनीतिक अवस्थामा सरकार प्रमूखले सहभागी हुन जरुरी नरहेको राष्ट्रसंघको ६८ औं महासभामा परराष्ट्र मन्त्रीले देशको प्रतिनिधित्व गरे हुनेमा मरिहत्ते गरेर न्युयोर्क हानिने तयारीमा रहनु भएका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको आलोचना सुरु भएको छ । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष चुनाबी तयारी छोडेर राष्ट्रसंघीय महासभामा भाग लिन मरिहत्ते गरिरहेका रेग्मीले प्रमूख राजनीतिक दलहरुसंग यो बिषयमा कुनै परामर्श नगरेको बुझिएको छ । सरकारी अधिकारीहरुका अनुसार चुनाव गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने मन्त्रिपरिषद्का अध्यक्ष र गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका माधव घिमिरे दुवै जना राष्ट्रसंघको ६८ औं महासभामा भागलिन जाने निर्णयले सरकार मंसिर ४ मा संविधानसभा चुनाव सफल गराउन गम्भीर नरहेको सन्देश दिएको बताउँछन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०५१ कात्तिकमा आमनिर्वाचन गराउने क्रममा महासभामा भाग लिन गएका थिएनन्, नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका कोइरालाले राष्ट्रसंघमा तत्कालीन अर्थमन्त्री महेश आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएका थिए । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष चुनाबी तयारी छोडेर राष्ट्रसंघीय महासभामा भाग लिन मरिहत्ते गरिरहेका रेग्मी नेतृत्वको नेपाली प्रमण्डलमा उनकी पत्नी, परराष्ट्रमन्त्री घिमिरे, परराष्ट्र सचिव अर्जुनबहादुर थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सूर्यप्रसाद सिलवाल, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका यूएन शाखा हेर्ने सहसचिव दीपक धिताल रहेका छन् । परराष्ट्र स्रोतका अनुसार राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा भट्टराईसहित न्युयोर्कस्थित नेपाली नियोगका दुई अधिकारीसमेत प्रमण्डलमा रहेको छन् । स्रोतका अनुसार मन्त्रिपरिषद्का अध्यक्षका प्रमुख स्वकीय सचिव प्रकाश रेग्मी, निजी परराष्ट्र स्रोतका अनुसार सचिवालयका शाखा अधिकृत सरोज रेग्मी, रेग्मीका दुई जना सुरक्षागार्ड, नेपाल टेलिभिजनका दुई जना पत्रकारसमेत प्रमण्डलमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप