बाबा रामदेवको सन्त महन्तलाई सुझाव; महिलासंग एक्लै र एकान्तमा नभेट्नु

१९ भाद्र २०७०, बुधबार २२:०३ मा प्रकाशित

हरिद्वार, १९ भदौ । योग गुरु बाबा रामदेवले सन्त महन्तलाई महिलासंग एक्लै र एकान्तमा नभेट्न आग्रह गर्नु भएको छ । योग गुरु बाबा रामदेवले बहु चर्चित आसाराम प्रकरणमा प्रतिक्रिया दिदैं सन्त महन्तले बदनामी र आरोपबाट बच्ने हो भने महिलासंग एक्लै र एकान्तमा नभेट्न आग्रह गर्दै समाजको आस्था र चरित्र प्रति सचेत रहन समेत सन्त महन्तहरुलाई बिशेष आग्रह गरेका हुन् । बाबा रामदेवले हरिद्वारमा भने, ‘सन्त महन्तले महिला र बाल बालिकासंग एक्लै र एकान्तमा भेट्नु हुदैन ।’ बाबा रामदेवले जोड दिदै भने, ‘सन्त महन्तले पथ भ्रष्ट समाजलाई सधै बाटो देखाएका छन् एकाध घटनालाई लिएर सन्त महन्तलाई गालि गर्नु उचित हुदैन, तर सन्त महन्तले पनि सामाजको आस्थामा चोट पुग्ने काम गर्नु हुदैन ।’ बाबा रामदेवले सन्त महन्तलाई चेतवानी दिदै भने, ‘महिला र बाल बालिकासंग एक्लै र एकान्तमा भेट्नु हुदैन, भेट्नै परे पनि अभिभावक वा पुरुष साथै राख्ने गर्नुहोस त्यस पछि यस्तो आरोप लाग्दैन ।’ बाबा रामदेवको भनाई थियो, ‘आध्यात्मिक जीवन व्यथित गर्नेले शास्त्रले निर्धारित गरेको जिवन पद्दति पालन गर्नु पर्छ, जस्ले शास्त्रले निर्धारित गरेको जिवन पद्दति पालन गर्दैन उस्ले त सजाय पाउछ्नै, धर्म प्रतिको सामाजिक आस्था पनि मर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका