आठौ साफ फुटवलको फाईनल खेलका लागि भदौ २६ को बन्द फिर्ता

१९ भाद्र २०७०, बुधबार २०:४९ मा प्रकाशित

काठमाडौ, १९ भदौ । आठौ साफ फुटवलको फाईनल खेल परेको भन्दै भदौ २६ गतेको लागि पूर्वघोषित नेपाल बन्द नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले फिर्ता लिएको छ । मोर्चालेको तर्फबाट जारी विज्ञप्तिमा फुटवलसंघको आग्रहमा भदौ २६ गतेको लागि पूर्वघोषित नेपाल बन्द फिर्ता लिई भदौ २७ गते गर्ने निर्णय गरेको उल्लेख छ । त्यसैगरी असोज १ गते मध्य पहाड बन्दको आह्वान भएकोमा उक्त दिन विश्वकर्मा दिवस परेकोले त्यसलाई एक दिन अघि सार्दै भदौ ३० गने नै मध्य पहाड बन्द गर्ने निर्णय पनि गरेको छ । त्यसरी नै यसअघि असोज २ गतेको जनकपुरमा गर्ने तय गरेको विरोधसभाको स्थान परिवर्तन गर्दै बैठकले सिराहाको लाहानमा सारेको छ । दुइ भारतीय आतंकबादीहरु पक्राउ गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरेको भन्ने समाचारका विषयमा सरकारी धारणा सार्वजनिक गर्न र हस्तक्षेप विरुद्ध कडा कदम चाल्न माग गरेको छ । बैठकले चार दलका नेताहरुको उक्साहटमा नेपाल सरकारद्वारा निर्वाचनको सुरक्षाको नाममा नेपाली सेना परिचालन गर्ने विषयले मुलुकलाई द्धन्दमा धकेल्ने आशंका ब्यक्त गर्दै यस्तो नगर्न आग्रह गरिएको छ । ३३ दलले राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक राजनैतिक मामिलामा प्रयोग गर्नुले मुलुकलाई जबरजस्त रुपले द्वन्द्वमा धकेल्ने तर्क गरिएको छ । त्यसैगरी ३३ दलले भारतीय कम्पनीले बर्डफ्लु यूक्त औषधी र दाना पठाएर आत्मनिर्भर हुँदै गरेको नेपालको कुखुरापालन ब्यवसायलाई ध्वस्त पारिएको भन्ने समाचारमा स्पष्ट पार्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई