जाजरकोटको अर्छानी गाविसमा बेन्च विहिन २ विद्यालय

१ बैशाख २०६९, शुक्रबार ०९:२१ मा प्रकाशित

जाजरकोट, १ बैशाख । जाजरकोटको पश्चिमी एक गाविसका दुई विद्यालयमा बेच्च नहुदा विद्याथीहरु भुइँमै बसेर पढ्न बाध्य भएका छन् । जिल्लाको अर्छानी गाविस ५ देउराली निम्न माध्यामिक विद्यालय र वडा नम्वर ६ को प्रगतिशिल प्राथमिक विद्यालयमा एउटा पनि  बेन्च नहुदा भुइँमै बसेर पढ्न परेको विद्यालयले जनाएको छ । करीब २ सय १०जना विद्यार्थी अध्ययनरत रहेको देउराली निमावि र १ सय २५ जना विद्यार्थी रहेको प्रगतिशिल प्राविमा एउटा पनी बेन्च समस्या भएको स्थानिय नरबहादुर सिहको भनाई छ  । पढाउनेबेला धुलोमा बस्नुपर्ने बाध्यता भएकोले आफुहरुले घरैबाट बस्नका लागि  प्लास्टिकका थैलाहरु लिएर   जानेगरेको देउराली निमाविमा ६ कक्षामा पढ्दै गरेका १३ वर्षीया भविराम जैसीको भनाई छ । विद्यालयमा ३ ओटा भवनका  ८ कोठामा एउटा पनि बेन्च नभएको जैसीले बताउनुभयो । त्यस्तै ६ कोठा रहेको प्रगतीशिल प्राविमा पनि कुनै कोठामा  विद्यार्थी बस्ने बेन्च  छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा