अष्ट्रेलिया बनाउदै नेपाली इन्जिनियर

१९ भाद्र २०७०, बुधबार ०७:३५ मा प्रकाशित

हेमन्त काफ्ले, अष्ट्रेलिया , १९ भदौ । प्रवासमा नेपालीको पहिचानलाई उजिल्याउने सवालमा थुप्रै नेपाली प्राविधिक जनशक्ती कर्मथलोको बिकासमा होमिएका छन् । भारतमा दरबान र कान्छा मलेसिया र खाडी मुलुकमा लेबर मात्र होइन कयैन बिकसित मुलुकको बिकासमा पनि थुप्रै इन्जिनियर र डाक्टरहरुले पनि आफ्नो अलग पहिचान र छबि बनाएका छन् । बिदेशमा नेपालीले तल्लो दर्जाको काम मात्र गर्छन भन्ने मानसिकतालाई तोड्दै नाशाको बैज्ञानिक देखि मंगलग्रहको अध्यनमा समेत नेपालीको सहभागिता प्रमाणित भइसकेको छ । बिश्वबिख्यात बिश्वबिद्यालयका गनिएका प्राध्यापक हुन वा अस्ट्रेलियाको नक्सा कोर्ने इन्जिनियर पनि नेपाली छन भन्दा गर्व महसुस गर्न सकिन्छ । अस्ट्रेलियामा रहेर प्राविधिक ज्ञान मार्फत आफना सीप र कार्यक्षमता तीखारिरहेका करिब चार सय नेपाली इन्जिनियरहरु कार्यरत छन । अस्ट्रेलियाको आइटी क्षेत्र होस वा कम्प्युटर इन्जिनिरिङ,टेलिकम्नीकेसन या मेकानिकल तथा रेलवेमा समेत नेपाली इन्जिनियरले यहाको प्रविधी बिकासमा लागिपरेका छन । नेपाली इन्जिनियरहरुपनि यहाको अन्तराष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिदै आएका छन । उनिहरुको सिप र ज्ञानले अन्तराष्ट्रिय बजारमा समेत चर्चा पाउन थालेको छ । नेपाल इन्जिनियरिङ एशोसिएसनको अस्ट्रेलिया च्याप्टरका संयोजक भुपेन्द्र केसी प्रवासमा पनि नेपाली इन्जिनियरहरुले आफ्नो अलग पहिचान बनाएको बताउछन । अस्ट्रेलियामा छरिएर रहेका नेपाली इन्जिनियरहरुलाई एउटै छातामुनी संगठित गर्ने र यहा सिकेको ज्ञानलाई नेपाली भुमिमा बाड्ने उद्धेस्यका साथ स्थापीत यो च्याप्टरमा हाल सम्म एक सय ५० जना इन्जिनियर आवद्ध भइसकेका छन । करिब चार सय सक्रिय रुपमा कार्यरत नेपाली इन्जिनियरहरु अस्ट्रेलियामा छरिएर रहेको बताउदै संयोजक भुपेन्द्र भन्छन, हामी सबै अग्रजहरुपनि समेटेर अगाडि बढने कार्यमा जुटेका छौ । सिडनीको सिटी रेल्वेमा इन्जिनियरको जागिर खाएका भुपेन्द्र प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत छन । करिब आठ बर्ष अगाडि नेपालवाटै माइग्रेसन भएका भुपेन्द्र बिदेशमा काम गर्दा प्रतिपस्र्धा उच्च रहने र बिकसीत प्रविधीमा अभ्यस्त हुनुपर्ने बताउछन । स्याङ्जामा जन्मेर पोखरा बसाइ सरेका भुपेन्द्र यतिखेर सिडनी रेलवेको बिकासमा लागिपरेका छन । अस्ट्रेलियामा अन्य बिधाको तुलनामा सिभिल इन्जिनियरहरुको माग बढ्ी रहेको बताउदै भुपेन्द्र भन्छन ,एउटा इन्जिनियरको कमाइ न्युनतम बर्षको ५५ हजारदेखि दुइ लाखसम्म हुने गर्छ । सिडनीमा सुन २००८मा स्थापना भएको च्याप्टरले नेपालमा रहेको इन्जिनियरिङ संघसँंग संयोजन गरेर यहाको सिप र ज्ञान बाड्दै आएको छ । नेपालमा बढ्दो सडक दुर्घटनाका बारेमा यो च्याप्टरले अध्यन गरेर दुर्घटना न्युनिकरण गर्नको लागि एउटा अभियानको थालनी समेत गर्न लागेको भुपेन्द्र्रले बताए । हामी यहा बसेर पनि मुलुकको बिकास र हितमा काम गर्न लालायित छौ, हामीलाई त्यसका लागि हातेमाले गर्न तयार छौ । क्वीन्सल्यान्डको ब्रिसबेनमा कार्यरत इन्जिनियर इश्वर कुइकेल नेपालीहरुले बिदेशमा बसेर पनि उच्चतहमा महत्वपूर्ण जिम्मेबारी बहन गरेको सुनाउछन । चितवन मंगलपुर वडा नम्बर तिन निवासी कुइकेल अस्ट्रेलियाको सरकारी संयन्त्रमा समेत करिब १ सय इन्जिनियर कार्यरत रहेको बताउछन ।अहिले हामीले चिने जानेका मात्र हिसाब गरेका छौ, पहिले आएका कयैन सिनियरहरु होलान । क्वीन्सल्यान्ड सरकारको डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट एन्ड मेन्स रोड्समा सिनियर इन्जिनियरका रुपमा कार्यरत कुइकेल त्यहा पन्च बर्षिय योजना अन्तर्गत कार्यक्रम तर्जुमा बिभागमा ब्यस्त छन । सन २००६मा अस्ट्रेलिया आएका इश्वरले केहि बर्ष निजी क्षेत्रमा र सन पछिल्लो तिन बर्षदेखि सरकारी सेवामा कार्य गर्दै आएका छन । अस्ट्रेलियामा नेपाली इन्जिनियरहरु खानीदेखि पानीसम्म कार्यरत छन । पारामाटाको आरटीएमा कार्यरत बरिष्ठ जियो टेक्नोलोजी इन्जिनियर बिनोद श्रेष्ठ सिडनीका बाटोघाटाको डिजाइन र त्यसको गुणस्तर बिकासमा ब्यस्त छन । सिडनीको सरकारी जागिरको सिलसिलामा उनि सडक पुर्वाधार र संरचना बिकासमा बुद्धी लाडउन तल्लीन छन । प्रवासमा भनेजती पैसा भएपनि आत्मसन्तुष्टी भने नभएको उनि बताउछन । आफ्नो देशमा पनि यहाको जस्तो बाटो घाटो बनाउन पाए कति राम्रो हुन्थ्यो होल भन्ने उनको सोच सधै दिमागमा घुमिरहन्छ । सन २०१२ मा युटीएसवाट जियोटेक्नोलोजीमा पीएचडीको गरेका बिनोद मुलघर भने चितवनको पीठुवा गावीस हो । नेपालमा रहँदा नेशनल सोसाइटी अफ अर्थ क्वीक ट्क्नोलोजीमा झन्डै चार बर्ष कार्यरत श्रेष्ठ सन २००८ मा अस्ट्रेलिया छिरेका हुन । अस्ट्रेलियाको सरकारी इन्जिनियरको जागिर खाएका बिनोद केहि बर्षपछि आफ्नै मुलुक फीरेर राष्ट्र सेवा गर्ने सोचमा रहेका छन । उनि भन्छन अर्काकै मुलुक मात्र बनाएर आत्मसनतुष्ट चाहिँदो रहेनछ । एडिलेडमा सिनियर ट्रान्समिसन लाइन इन्जिनियरका रुपमा कार्यतर राजु उपाध्याय प्रवासमा बसेर पनि नेपालीहरुले बिविध क्षेत्रमा प्रतिष्ठा अभिबृद्धी गरेको बताउछन । करिब आठ सय नेपाली जनसंख्या रहेको एडिलेड शहरमा करिब १५ जना नेपाली इन्जिनियर कार्यरत रहेको राजुले बताए । विबिध इन्जियरीङ क्षेत्रमा ब्यस्त नेपाली जनशक्तीको प्रभाव यहा निकै राम्रो मानिन्छ । नेपालीहरु आफ्नो काममा दत्तचित्त भएर लाग्ने हुनाले पनि यहा सबैले रुचाएको मैले पाएको छु, उनले भने । पुल्चोक इन्जिनियरीङ कलेजवाट सिभिल इन्जिनियरीङ सकेका राजु नेपालमा रहँदा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत थिए । त्यसपछि सन २००८मा उनि स्थायी बसोबासको अनुमती सहित अस्ट्रेलिया आइपुगेका थिए । यहा काम गर्दा बजारको अध्यन र नया प्रविधीसँग अभ्यस्त हुनु जरुरी रहेको राजुले बताए । अस्ट्रेलियाको मेलवर्न निवासी जोग लिम्बु पेशाले इलेक्ट्रिकल इन्जिनियर हुन् । एनआरएन अष्ट्रेलियाका संस्थापक सदस्य समेत रहेका लिम्बु आफ्नो कामको सीप, दक्षता र इमान्दारीताले गर्दा नेपाली समुदायमा मात्र नभएर अस्ट्रेलियाको विद्युत प्राधिकरणका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । हाल भिक्टोरियामा तेस्रो स्थानमा रहेको पावर वितरण कम्पनी युनाइटेड इनर्जीमा प्रमुख प्रोजेक्ट व्यवस्थापनमा सिनियर म्यानेजमेन्ट पदमा कार्यरत वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर लिम्बु नेपाली समुदायका समाजिक गतिविधिमा निरन्तर अग्रसर भएर समाजसेवा तर्फ आफ्नो लगाब बढाउँदैछन् । विसं २०१५ सालमा पाँचथरको लुङरुपा गाविसस्थित वासुम गाउँमा जन्मेका लिम्बु मुलुकको माया भुल्न नहुने बताउछन । अस्ट्रेलिया बसेर पनि नेपालको बिकास र समाजिक कार्यमा सहयोग पुरयाउदै आएका लिम्बु नेपालीहरु हरेक क्षेत्रमा अगाडि आइरहेको बताउछन । जोगका बुवा बिट्रिस आर्मीका जागिरे थिए । त्यसैले लिम्बु बुवासँगै सपरिवार कहिले मलेसिया, सिगापुर त कहिले हङकङमा रमाएका लिम्बुले आफुलाई एउटा सफल ब्यक्तीत्वका रुपमा समेत पहिचान बनाएका छन । यस्तै अस्ट्रेलियाका थुप्रै शहरमा नेपाली इन्जिनियरहरु बिभिन्न क्षेत्रमा कार्यरत छन । जस मध्ये इलोकट्रोनिक हाइड्रोलगायत भिन्न बिधामा नेपाली इन्जिनियरहरु कार्यक्षेत्रमा ब्यस्त भेटिन्छन । यसले हाम्रो मुलुकको पहिचान र बिकासमा समेत थप मद्दत पुग्ने कुरा लिम्बुले सुनाए । देश बाहीर रहेर पनि मुलुकको सेवा गर्न सकिन्छ भन्ने उदाहरण हामीले देखाउन सक्नुपर्छ । यस्तै पर्थमा माइन इन्जिनियर नविन पौडेल, हाइड्रो इन्जिनियर तिलक भट्टराइ लगायतका थुप्रै इन्जिनियरहरु आआफ्ना क्षेत्रमा नाम चम्काउदै छन । त्यस बाहेक नेपाली महिला इन्जिनियरहरुले पनि आफ्नै अलग पहिचान बनाएका छन । आइटी इन्जिनियर रन्जु थापा, टेलिकम्युनिकेशन इन्जिनियर बबिता श्रेष्ठ, सिडनी ट्रेनकी मनिषा अधिकारी, सावली राइ,प्रीती शर्मा लगायतका पाँच दर्जन महिला इन्जिनियर यतिखेर आआफ्नो कर्मक्षेत्रमा लागिपरेका छन । यसक्षेत्रमा नेपाली महिलाहरुले पनि नाम र दाम कमाउदै आएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो