गाउँ बनाउदै कपिलवस्तुका महिलाहरु

१ बैशाख २०६९, शुक्रबार ०९:२० मा प्रकाशित

कपिलबस्तु, १ बैशाख । कपिलवस्तु पश्चिमको पत्थरदेईया गाविस–९ ईमिलिखर्कका महिलाहरु गाउँलाई नमुना गउँ बनाउने अभियानमा जुटेका छन् । गाउँ बनाउन अरु नभई पहिले आफै कस्सिनु पर्ने भन्दै  महिलाहरु विकासका काममा लागेका हुन् । ५ वर्ष अघि गाउँका महिलाहरुले गठन गरेको चेतना महिला समूहमा आवद्ध महिलाहरुको सक्रियतामा गाउँमा बाटोघाटो, पुल पुलेसा र विद्यालय बनेको छ । शिक्षाको दियो बाल्न सकेमात्र गाउको विकास हुने हुदा उनीहरुले पहिले गाउमै विद्यालय बनाएका छन्् । गाउँको ऐलानी जग्गामा महिलाहरुले ३ वर्ष अघि सचेतना प्रावि खोलेर चलाएका थिए । सुरुमा महिलाहरुले जनश्रमदान गरेर छाप्रोमा बनाएर विद्यालय चलाएका थिए । पछि महिलाहरु तिहारमा देउसी भैलो खेलेर र जनश्रमदान गरेर जम्मा गरेको ७८ हजारको लागतमा दुई कोठे कच्ची भबन बनाएको समुहकी सचिव बसन्ती बिष्टले बताउनुभयो ।
यसैबीच कपिलवस्तुको एकै विद्यालयमा ३ प्रधानाध्यापक हुदा विद्यालय अस्तव्यस्त बनेको छ । कपिलवस्तुको सीमावर्ती हथिहवा गाविसको  सत कुमारी शेरचन निमाविमा ३ जना प्रधानाध्यापक कार्यरत छन् । विद्यालयमा राईटर प्रसाद यादव, सन्तराम यादव र हकीबुल्लाह मुसलमान प्रधानअध्याप छन् । चरम राजनीतक मारमा परेको विद्यालयमा विगत ३ महिनादेखि ३ प्रअ कार्यरत रहेको विद्यालयका अभिभावहरुको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल