कतारमा झन्डै १ हजार २ सय नेपाली कामदार बिचल्लीमा

१८ भाद्र २०७०, मंगलवार २३:२२ मा प्रकाशित

करिम बख्स मियाँ, दोहा, १९ भदौ । कतारमा रहेका झन्डै १ हजार २ सय नेपाली कामदार कार्यरत कम्पनीले पारिश्रमिक नदिए पछि मजदुरहरूले बाध्यताबस पारिश्रमिकका लागि नेपाली दूतावास गुहारेका छन् । कार्यरत कम्पनीले तलब नदिएको र स्वस्थ खाना उपलब्ध नगरिए पछि काम छाडेका छाड्न वाध्य मजदुरमाथि धरपकड गरिए पछि उनीहरूले नेपाली दूतावास गुहारेका हुन् । कतारमा रहेका झन्डै १ हजार २ सय नेपाली कामदारले आफ्ना समस्याको सुनुवाइ हुनुपर्ने माग राखेर शनिबारदेखि काम छाडेका थिए । व्यवस्थापनले वार्ताको बहानामा कामदारलाई गिरफ्तार गरेपछि नेपाली कामदार आक्रोशित बनेका हुन् । नेपाली कामदारको टोली आइतबार १२ ठूला बसमा दूतावास पुगेका थिए । नेपाली कामदारको टोलीमा परिचयपत्र नभएका, ६ महिनासम्म तलब नपाएका, घर जान नपाएका, घरमा बाबुआमा बित्दा समेत र्फकन नपाएका, समयमा उपचार नपाएका पीडितहरू रहेका थिए । कतारस्थित नेपाली दूतावासबाहिर होहल्ला भएपछि श्रमसहचारी इन्द्रदेव पाण्डे र जनसम्पर्क अधिकृतले नेपाली कामदारलाई परिसरभित्र बोलाएर उनीहरुको समस्या सुनुवाई गरेका थिए । अधिकांस नेपाली कामदार दल वान कतार कम्पनीमा कार्यरत छन् । अधिकांस नेपाली कामदार ड्राइभर, हेल्पर, कार्पेन्टर, प्लम्बरलगायत विभिन्न पेसामा कार्यरत छन् । त्यस मध्य अधिकांसले छ महिना देखि तलब नपाएको बताए ।श्रम सहचारी पाण्डेले पीडित नेपाली कामदारहरूको समस्या समाधानका लागि श्रम विभागमा मुद्दा दयार गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल