केही प्राविधिक विषय मिलाउन कार्यदलले आज पनि छलफल गर्ने

१ बैशाख २०६९, शुक्रबार ०९:१९ मा प्रकाशित

काठमाडौ, १ बैशाख । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नेबारेमा रहेको विवाद मिलाउनेगरी प्रस्ताव तयार पार्ने जिम्मा पाएको कार्यदलले आज पनि छलफल गर्दैछ । लडाकु समायोजनको बारेमा रहेको विवादका केही प्राविधिक पक्ष मिलाउने बिषयमा केही छलफल गर्न बाँकी रहेकोले आज पनि कार्यदलको बैठक बस्न लागेको कार्यदल सदस्य एमाले नेता भीम रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो छलफल गरेर सहमतिको खाका प्रमुख दलहरुको बैठकमा पेस गरिनेछ । नेपाली सेनाअन्तर्गत गठन हुने महानिर्देशनालय, लडाकुहरूको छनौट प्रक्रिया तथा छनौट समितिमा रहने प्रतिनिधिको विषयमा सेना समायोजन विशेष समितिअन्तर्गतको कार्यदलले सहमति नजिक पुगेको जनाएको छ । कार्यदलको बैठक हिजो पनि बसेको थियो । अस्ति बसेको सेना समायोजन विशेष समितिको बैठकले समितिका सदस्यहरू वर्षमान पुन, डा मीनेन्द्र रिजाल, भीम रावल र जितेन्द्र देव सम्मिलित कार्यदल गठन गरेको थियो । कार्यदलले पारित गरेको योजनालाई राजनीतिक दलका शीर्ष नेताहरूसहित बस्ने विशेष समितिको बैठकले पारित गरी लागू गर्ने कार्ययोजना तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी