एमाओवादीको विवाद पदिय भाग बन्डा सहित सकियो

१७ भाद्र २०७०, सोमबार १९:२१ मा प्रकाशित

काठमाडौं, १७ भदौ । एमाओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहेको केन्द्रीय सचिबालय ‘हेडक्वार्टर’ बनाएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय समिति बैठकले ‘हेडक्वार्टर’ सहित ब्यूरो ईञ्चार्ज समेत तोकेको छ । तोकिएको ब्यूरो ईञ्चार्जहरुमा मधेसमा रामचन्द्र झा र मधेस ब्यूरो हेर्दै आएका हरिबोल गजुरेललाई उत्पादन तथा सहकारी ब्यूरोमा तोकेको छ । पूर्वीब्यूरोमा वर्षमान पुन, मध्यमाञ्चलब्यूरोमा कृष्णबहादुर महरा, पश्चिमब्यूरोमा टोपबहादुर रायमाझी, सुदूरपश्चिममा शक्ति बस्नेत तोकेको छ भने अन्तर्राष्ट्रिय ब्यूरोमा दीनानाथ शर्मालाई तोकिएको छ । त्यसै गरि युवा ईञ्चार्जमा नन्दकिशोर पुन र विशेष ब्यूरोमा जनार्दन शर्मालाई तोकेको छ । राज्य समितिहरुमा भने ईञ्चार्ज र संयोजक रहने गरी दुई-दुई जनालाई जिम्मेवारी दिइएको छ । जस अनुसार लिम्बूवानमा टंक आङ्बुहाङ र हेमराज भण्डारी, किरातमा हिमाल राई र बालकृष्ण ढुंगेल, कोचिलामा गोपाल किराती, सेती महाकालीमा लेखराज भट्ट र खगराज भट्ट, भेरी कर्णालीमा कालीबहादुर खाम र डिआर पौडेल, थारुवानमा नवराज सुवेदी र जगप्रसाद शर्मा, मगरातमा लोकेन्द्र विष्ट र गिरिधारीलाल न्यौपाने, तमुवानमा भीमप्रसाद गौतम र हरि अधिकारी, नेवाःमा देवेन्द्र पौडेल र झक्कु सुवेदी, तामसालिङमा विश्वभक्त दुलाल र नारायण दाहाल, भोजपुरामा प्रभू साह र अनिल, मिथिलामा विश्वनाथ साह र श्रवण रहेका छन् । एमाओवादीको आजको बैठकले अधिकारी हत्या प्रकरणको अनुसन्धान रोक्न, अनसन तोडाउन आफ्ना कार्यकर्ता पक्राउ नगर्न सरकारलाई चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको