एनआरएन जापानको नेतृत्व चयन; अध्यक्षमा पारसमणि पोखरेल निर्वाचित

१६ भाद्र २०७०, आईतवार १९:३५ मा प्रकाशित

टोकियो, १६ भदौ । गैरआवासीय नेपाली संघ जापानको छैटौं अधिवेशनले पारसमणि पोखरेललाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न निर्वाचनमा चिरञ्जीवी थापालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले ३ सय ३४ मत पाए भने थापाले १ सय २६ मतमात्र पाएका थिए । थप तीन उपाध्यक्षमा सुदन थापा, तुलसीराम खरेल र नरबहादुर थापा विजयी भए । सुदन थापाले २ सय ५४, खरेलले १ सय ९८ र नरबहादुर थापाले १ सय ६४ मत पाए । महासचिवमा १ सय ८६ मतसहित मुक्तिराम खनाल निर्वाचित भए । सचिवमा उदयराज कँडेल र कोषाध्यक्षमा तेजप्रसाद अर्याल निर्वाचित भए । सदस्यहरुमा दीपकबाबु नेपाल, दीपक थापा, शिवलाल गिरी, दीपक केसी र अर्जुन अधिकारी निर्वाचित भए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र