अख्तियारद्वारा प्राधिकरणका निर्देशकसहित १० कर्मचारी पक्राउ

१६ भाद्र २०७०, आईतवार १९:२६ मा प्रकाशित

काठमाडौ, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिदमा अनियमितता गरेको भन्दै प्राधिकरणका निर्देशकसहित थप १० जनालाई प्रकाउ गरेको छ । आयोगले गुणस्तर नभएको ट्रान्सफर्मर खरिद गरेको भन्दै निर्देशक अर्जुनकुमार चौहानसहित थप १० कर्मचारी पक्राउ गरेको हो । पक्राउ पर्नेमा अवकास प्राप्त सहनिर्देशक शशिविक्रम थापा, उपनिर्देशक महेशकुमार कार्की, तत्कालीन महाप्रबन्धक युगलकिशोर शाह, प्रबन्धक हरि बहादुर गसी, साहायक प्रबन्धक निमेश कुमार पोखरेल, इलेक्ट्रिक इन्जिनियर विनोदकुमार स्वर्णकार, उपप्रबन्धक मनोज बराल, सहायक इलेक्ट्रिकल इन्जिनियर रामबिजुल मन्डल, इन्जिनियर सुरजप्रताप शाह रहेका छन् । आयोगद्वारा जारी विज्ञप्तीमा उनीहरुलाई संकलित प्रमाणको आधारमा हिरासतमा लिएको उल्लेख छ । उनीहरु सबैलाई हिरासतमै राखेर अनुसन्धान थाल्ने समेत विज्ञप्तीमा उल्लेख छ । यसअघि अख्तियारले गुणस्तरहीन ट्रान्सर्फमर खरिदमा ४१ करोड बढी भ्रष्टाचार गरेको भन्दै कार्यकारी निर्देशक रामेश्वर यादवसहितका २२ कर्मचारी, ३ चिनियाँ निर्यातकर्ता र एक नेपाली एजेन्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।