माओवादीलाई चुनावमा ल्याउनु पर्नेमा एमाले काग्रेसको जोड

१६ भाद्र २०७०, आईतवार १९:२० मा प्रकाशित

काठमाडौ, १६ भदौ । नेपाली काग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरुले गोलमेच सम्मेलन गरेर भए पनि नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउनु पर्ने धारणा राखेका छन् । रिपोर्टर्स क्लब नेपालले आईतावर आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा नारायण खड्काले नेकपा–माओवादी चुनावप्रति दिन प्रतिदिन लचिलो बन्दै गएको भन्दै उनीहरुले उठाएको गोलमेच सम्मेलनको मागमा अरु दलहरु तयार हुनु पर्ने बताए । उनले भने–संविधानसभाको निर्वाचन हुनु हुँदैन र मंसिर ४ मा हुनु हुँदैन भन्ने मागमा माओवादी लचिलो भईसकेको छ । अब अरु विषयमा छलफल गर्न अरु तयार हुनु पर्छ । साक्षात्कारमा उनले गोलमेच सम्मेलन आपत्तिजनक विषय नभएको भन्दै असन्तुष्ट दल निर्वाचनमा नआए निर्वाचन पछिको अवस्था झनै जटिल हुने चेतावनी दिए । खड्काले मंसिर ११ गते भित्रको कुनै समयमा निर्वाचन गर्ने गरी माओवादीलाई नै मिति छान्न दिएर भए पनि निर्वाचनमा ल्याउनु पर्ने धारणा राख्दै निर्वाचन गर्ने नाममा माओवादीलाई बाहिर राख्न नहुने जिकिर गरे । उनले अहिले माओवादीलाई बाहिर राखेर चुनाव गरे भोली संविधानसभाबाट संविधान बन्न र बनिसकेपछि पनि स्विकार्य हुन समस्या उपन्न हुने तर्क गरे । एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले माओवादी सहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउन गोलमेच सम्मेलनमा जान आपत्ति नभए पनि अकस्मात गोलमेच सम्मेलन गर्ने सहमति कसरी भाडियो आफू आश्चर्यमा परेको बताए । असन्तुष्टलाई ल्याउन हदैसम्मको लचिलो हुन तयार हुनु पर्ने भए पनि माओवादीको संविधानसभाबाट बाहिरबाट संविधान बनाउने प्रस्ताव, राष्ट्रियताको नाममा पूर्व राजवादीहरुसँगको साठगाठको प्रयास र बहिस्कारको नाममा अर्को हिंसाको तयारीले उनीहरुको नियतप्रति नै आशंका जन्मेको दावी गरे । उनले नेपालमा संविधानसभा द्धन्द ब्यवस्थापनको विधी भएकोले सबैको सहमति र सहकार्य आवश्यक भएकोले माओवादीसहित सबै असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउन प्रयत्न गर्नु पर्ने तर्क गरे । ज्ञावलीले सधै निर्वाचनमा सेना ब्याकप फोर्सको रुपमा रहने गरेको उल्लेख गर्दै अहिले पनि सेना परिचालन गरिने भन्दा पनि सुरक्षाकोलागि ब्याकअपको रुपमा प्रयोग गरिने स्पष्ट पारे । दलहरुले पटक पटक वाधा अडकाउ फुकाउको नाममा संविधान संसोधन गर्न लागेको प्रति असन्तुष्टि प्रकट गर्दै ज्ञावलीले सबै दलहरुसँग निर्णायक वार्ता गरेर एकै पटक संविधान संसोधन गर्न आग्रह गरे । नेकपा मालेका महासचिव सीपी मैनालीले विगतको द्धन्दको एक प्रमुख पक्ष नेकपा–माओवादीलाई बाहिर राखेर गरिने निर्वाचनले शान्ति र निकास नदिने उल्टै मुलुकलाई अर्को द्धन्दमा फसाउने तर्फ सचेत पार्दै सबैलाई समेटेर निर्वाचन गर्न सुझाव दिए ।
सबैलाई नसमेटि गरिने निर्वाचन अबैद्य हुने दावी गर्दै उनले मंसिर ४ गतेसम्ममा माओवादी सहितका असन्तुष्टहरुको माग पुरा नहुने भए सहमति गरेर चैतमा निर्वाचन गर्न पनि तयार हुनु पर्ने जिकिर गरे ।
उनले भने–मंसिर ४ गतेकोलागि घोषित निर्वाचनको मिति सारेर भए पनि सबैलाई निर्वाचनमा ल्याउनु पर्छ । हिजो मधेसी दलहरुले भन्दा चुनाव सार्ने अहिले यत्रो ठूलो शक्तिले भन्दा किन नमान्ने ?
गोलमेच सम्मेलनमा सबै दलहरुले आ आफ्नो धारणा राख्न पाउने भएकोले गोलमेच सम्मेलन गरेर निकास खोज्न आग्रह गर्दै माओवादीलाई बहिस्कारको नाममा अन्यौलता बढाएर चार दलले बुथ लुटन खोजेको आरोप लगाए ।
उनले नेपालका दलहरुसँग छलफल नै नगरी चार दलले भारतको ईसारामा मंसिर ४ को मिति घोषणा गरेकोले असहमतिको खाड्ल बढेको दावी गर्दै भारतबाट फर्कने वित्तिकै दलका नेताहरुले निर्वाचनको बकालत गरेको प्रति आश्चर्य ब्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य पशुपति समशेर राणाले नेकपा–माओवादी सहितका ३३ दललाई बाहिर राखेर निर्वाचन गर्दा त्यस्तो संविधानसभाले संविधान दिन नसक्ने दावी गर्दै चार दलले हदै सम्मको लचक भएर उनीहरुलाई निर्वाचनमा ल्याउनु पर्ने बताए ।
मुलुक कुहिरो र अलमलमा रहेकोले उज्यालोतर्फ लैजान चुनाव अपरिहार्य भएको दावी गर्दै सबै दलहरुलाई आ आफ्नो अडानबाट केही लचिलो भएर देशको पक्षमा सहमतिमा आउन आब्हान गरे ।
उनले आगामि निर्वाचनमा चार दलले पहिलाको जस्तो परिणाम ल्याए मुलुकले निकास नपाउने भन्दै उनीहरुलाई लगाम लगाउने बैकल्पिक शक्तिको आवश्यकता रहेकोमा जोड दिए ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मतभेदलाई चुनाव पछि जनताको शक्ति ल्याएर संविधानसभामा मार्फत हल गर्ने गरी सबै दल संविधानसभाको निर्वाचनमा आउनु पर्ने भन्दै गोलमेच सम्मेलन संविधानसभालाई रोक्ने षडयन्त्र स्वरुप आएको वाईहात कुरा भएको बताए । उनले संविधानसभाको निर्वाचन पछि जनताले दिएको हैसियत अनुसार संविधानसभा नै गोलमेच हुने टिप्पणी गरे ।
अबको निर्वाचनले मिलिजुली भन्दा पनि कुनै दललाई स्पष्ट बहुमत दिनु पर्ने भन्दै मिलिजुली सरकार भए फेरि पनि हिजोको जस्तै अस्थिरता हुने दावी गरे ।
उनले आगामि निर्वाचनमा मधेसबादी दलहरु एउटै मोर्चा बनाएर निर्वाचनमा जाने ठोकुवा गर्दै एउटै मोर्चा बनाउने सहमति भईसकेका तमलोपा र फोरम लोकतान्त्रिकसँग आफूहरु पनि मोर्चा बन्दी गरेर जाने र त्यसकोलागि सोमबारबाटै बार्ता प्रक्रिया सुरु हुने जानकारी दिए । उनले त्यस्तो मोर्चामा उपेन्द्र यादवसहित मधेसको मुद्दामा सकारात्मक हुने सबै दल सहभागि हुन सक्ने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ