बाँकी समयमै संविधान निर्माण हुने राष्ट्रपतिको विश्वास

१ बैशाख २०६९, शुक्रबार ०९:१० मा प्रकाशित

काठमाडौ, १ बैशाख । नयाँवर्ष २०६९ को अवसरमा राष्ट्रपति डा रामवरण यादवले स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा शान्ति, सुख र समृद्धिको निम्ति शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति डा यादवद्वारा नव वर्ष २०६९ को अवसरमा दिनुभएको सन्देशमा वि.स. २०६२÷०६३ को जनआन्दोलनमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिहरूको व्यवस्थापनमा अझै पनि चुनौति रहेको उल्लेख गर्नुभएको छ । पछिल्ला दिनमा शान्ति प्रक्रियामा भएका केही सकारात्मक पहलकदमीले आशा र सम्भावना जगाएकोभन्दै उहाँले मुलुक र आमजनताको अहिलेको अपेक्षा संविधानसभाको बाँकी अवधिभित्रै नयाँ लोकतान्त्रिक संविधानको निर्माण र कार्यान्वयन भएकोमा जोड दिनुभएको छ ।
यसैगरी उपराष्ट्रपति परमानन्द झाले नव वर्ष २०६९ को शुभारम्भको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको  शुभकामना ब्यक्त गर्नु भएको छ । उपराष्ट्रपति झाले निर्धारित समयभित्र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउँदै जनचाहना बमोजिमको लोकतान्त्रिक संविधानको निर्माण हुन सकेमा मात्र नेपालमा लोकतन्त्रले बलियो जरा गाड्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला