साफ च्याम्पियनसिप फुटबल; बंगलादेशविरुद्ध नेपालको सानदार जित

१५ भाद्र २०७०, शनिबार २२:२८ मा प्रकाशित

काठमाडौं, १५ भदौ । राजधानीमा जारी आठौ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बलियो प्रतिद्वन्दि बंगलादेशलाई २-० हराउदै विजयी सुरुआत गरेको छ । शनिबार साझ दशरथ रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशलाई २-० हराउदै नेपाल विजयी भएको हो । प्रतियोगिता अन्तर्गत खेलको १७ औ मिनेटमा अनिल गुरुङको गोल मार्फत नेपालले अग्रता लिएको थियो भने खेलको ३० औ मिनेटमा जगजित श्रेष्ठको कर्नरमा भरत खवासले नेपालका लागि दोस्रो गोल गरेका थिए । नेपाल दर्शकका कारण सदैब आलोचित बन्दै आएको भए पनि आज दर्शकबाट साथ पाएको थियो भने नेपालि खेलाडीहरुले पनि उत्कृष्ट खेल खेलेकाले हजारौं दर्शकहरु निकै संयमित भएर खेलमा रमाइरहेका थिए । घरेलु मैदानमा भएको साफको उद्घाटनमा बंगलादेशलाई २–० ले हराउँदै नेपालले विजयी सुरुवात मात्र गरेको छैन ६ महिना अघि यसै मैदानमा भएको एएफसी च्यालेन्ज कपको समूह चरणमा व्यहोरेको २–० को हारको पनि बदला लिएको छ । अब नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना