संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नयाँ वर्षले नयाँ उर्जा दिने प्रधानमन्त्रीको भनाई

१ बैशाख २०६९, शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडौ, १ बैशाख ।  प्रधानमन्त्री डा बाबुराम भट्टराईले ऐतिहासिक जनआन्दोलनको सफलता पश्चात मुलुकमा दिगो शान्ति स्थापना गर्न र नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अभयिानको क्रममा मनाउन थालिएको नयाँवर्षले थप ऊर्जा प्रदान गर्नेमा विश्वास ब्यक्त गर्दै देशवासी सबै नेपाली नागरिकलाई शुभकामना दिनु भएको छ ।
नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालाले नव वर्ष २०६९ को सुखद् उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । सभापति कोइरालाद्वारा जारी शुभकामनामा नागरिकले जिउधनको सुरक्षा, प्रेस स्वतन्त्रता, मानवअधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिकाको अनुभूति, दण्डहीनताको अन्त्य र जबर्जस्ती कब्जा सम्पत्ति फिर्ता र द्वन्द्वपीडित एवम् विस्थापितको पुनःस्थापना जस्ता ज्वलन्त समस्याको समाधान भएको अनुभव गर्न पाउने वातावरण बन्नुपर्नेमा जोड दिनु भएको छ ।
यसै अवसरमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति, समृद्धि, एकता र सद्भावका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी